Posts
Showing posts from February, 2024
लघुकथा : प्रेमालाप
- Get link
- X
- Other Apps
लघुकथा : ' प्रेमालाप ' ✍️ ध्रुवराज थापा ' पुरूष ' ( काभ्रे , पनौती । हाल : कपन , काठमाडौँ । ) मोबाईमा घण्टी बज्यो रत्नेले बोल्यो , " हलो जेपी !" उताबाट जवाफ आयो , " रत्ने तँ कहाँ छस् ? आज दिउँसो दुईबजे मनशान्ति पार्कमा आईज है , रश्मिले पनि आउँछु भनेकी छ !" रत्नेले भन्यो , " आउँदिन म , तँलाई पो तेरो गर्लफ्रेण्ड साथी हुन्छ , म जोक्कर बन्न किन आउँ ? आउन्न म त !" जेपीले पुन जोडबल गर्यो , " आईजोन यार साथीको लागी त्यति गर्न सक्दैनस् ? बल्ल उसले आज मलाई समय दिएकी छ आज केही होला जस्तो छ !" रत्नेले...
लघुकथा : 'अबिरजात्रा'
- Get link
- X
- Other Apps
लघुकथा: 'अबिरजात्रा' ध्रुवराज थापा (काभ्रे, पनौती । हाल: कपन, काठमाडौँ ।) " वीर ज्याकी...जिन्दावाद ! ज्याकीको दुस्मन... मूर्दावाद !! यो जित कस्को ?...ज्याकीको !!! ज्याकी कस्को ? ... जनताको !!!!" चर्को चर्को आवाजमा नारा घन्किएको थियो । मोटर साईकल र गाडीको निकैलामो लाइन र मानिसका लावालस्करका बिचमा एउटा गाडीमाथि ज्याकी दुवैहात हल्लाइ रहेको थियो । ऊ अबिर र मालाले छोपिएको थियो । अविरजात्रा हुँदै थियो । भन्सामा खाना बनाउदै गरेकी आमाले सोध्नुभयो, "छोरी बाहिर के को जुलुस हो, चुनाउ नै जितेजस्तो माईकको ठूलो ठूलो आवाज सुन्छु त ! चुनाउको माहोल त छैन आजभोली !" झ्यालबाट त्यो परिदृष्य नियाली रहेकी छोरीले आमालाई भनिन् , "आमा त्यो बलात्कारी हत्यारा ज्याकी डन थियो नि, हो त्यो छुटेछ ! सरकारले उसलाई आम माफी दिएछ ! उसैको अबिरजात्रा हो !" छोरीको यति कुरा सुन्नासाथ आमा आँत्तिदै दौडिएर छोरीको कोठाममा आईन्, झ्याल ढोका ढ्याम्म बन्द गरेर चुक्कुल लगाईन् र छोरीलाई अँगालोमा बेरिन । रचनाकाल : २०८० असोज २२ गते