लघुकथा: 'गम्भीर बा'
लघुकथा : ' गम्भीर बा ' ✍️ ध्रुवराज थापा ' पुरूष ' ( काभ्रे , पनौती । हाल : कपन , काठमाडौँ । ) " मन भाँचियो त्यसैले मैले आशक्ति त्यागेँ , अहिले म सुखी छु । " बृद्ध बा आफ्ना अनुभूति राख्दै थिए । जतिखेर गम्भीर बाको जागिर थियो , शरीरमा शक्ति थियो त्यतिखेर उनको मान सम्मान थियो । समाजमा उनको बोली बिक्थ्यो । जागिर सकियो उमेर ढल्कियो सबै चिज पाखा लागे । " बा तपाईँ मन भाँचिएको कुरा गर्दै हुनुहुन्थ्यो , तपाईँको मन चाँही भाँचियो कसरी ?" भर्खरै ' आदर्श बा - आमा पुरस्कार ' बाट सम्मानित बासँग प्रत्रकारले...