Posts

Showing posts from August, 2018

कविता : नाकाबन्दी

Image
कविता    :  नाकाबन्दी                                   -ध्रुवराज थापा (वि.सं २०७२ मा भारतकाे नाकाबन्दी) हे लाेकतान्त्रिक गणतन्त्र नेपालकाे सरकार ? हे नेपाल सरकार ! तिमी कुन दुलामा पसेका छाै ? कि निराे झै बाँसुरी बझाउन ब्यस्त छाै ? तिम्राे घरमा अागाे लागीसक्याे । तिमी कहिले जाेरबिजाेर त कहिले काेटा सिस्टमकाे गीत गाईरहेछाै । धिक्कार छ तिमिलाई , तिम्रा पुर्खाले कहिल्यै शत्रुका अघि पिठ फर्कायनन् । तिमी त दुश्मनकाे जुठाे पुराे खाएर उसैकाे पाे गीत गाउन थाल्याै । दुश्मनकाे च्यानल र चलचित्र स्वत स्फूर्त बन्द गरेर गाेर्खली स्वाभिमान बचाउन खाेज्दा पिच्च खाने थालमा थुक्छाै मिनेन्द्र रिजाल । नाकाबन्दी गर्नेलाई सघाउँछाै । छि घिनलाग्याे, तिमी नेपाली रे? रन्जित रे काे भाषा बाेल्छाै दिपकुमार जी किन कि तिमिलाई राजदुतकाे जागिर बचाउनुछ, देश त भाँडमा जावाेस् कि कसाे ? तिम्राे रिसले तिम्राे भाइ अाफ्नै घरमा अागाे लगाउँदैछ । छिमेकि दादा बाेलाएर अाफ्नै बाबुलाई कुटाउँदैछ । महास...

फाेटाे हाइकू

Image

हाइकू Collection

हाईकु              -ध्रुवराज थापा धान दिवस      १. धान दिवस भाँडभैलाे भाे धेर लाज बचाउ ।       २. कस्काे संस्कृति ? मनगढन्ते कला याे बन्द गर । ३७३. ती हुतिहारा जिवनकाे परीक्षा मृत्युको डर । ३७४. हे अामा धन्य तिम्राे कर्म, भाेगाई गन्तव्य कता ? ३७५. मानिस उस्ताे सुनाउने पुराण पशु काे भालु ? ३७६. हाईकु मेला                                          कप हेर्नेकाे भेला                                 सबैपरे ट्वाँ !    ३७७. लाग्ने दुलही अन्माउने तयारी हुलही दंग । ३७८. सकिन्न अब                                       ...