लघुकथा: जाडोको ओखती
लघुकथा : जाडोको ओखती ✍️ ध्रुवराज थापा ' पुरूष ' ( काभ्रे , पनौती , हाल : कपन , काठमाडौँ । " आत्थुथु ...! यो जाडोले पनि मार्ने भयो यार !" बिहान आठबजे सिरकभित्र गुटुमुटु पर्दै मनिष क्यानाडामा रहेको आफ्नो साथीसङ्ग भिडियो कलमा बात मार्दै थियो । रमेशले उताबाट सोध्यो , " हो र त्यस्तो जाडो छ अहिले नेपालमा ? त्यही जाडोको खवर सुनाउन कल गरेको मलाई ?" ऊ जिस्कियो । " आम्मामा ...! तँ यहाँ भएको भए थाहा पाउँथिस् , कस्तो जाडो छ भनेर ! उठेर मुखधुन जान त सकेको छैन ।तँ चैँ त्यहाँ के गर्दैछस् नि ...