Posts

Showing posts from March, 2024

लघुकथा: 'जिन्दावाद'

Image
  लघुकथा : ' जिन्दावाद '  ✍️   ध्रुवराज   थापा  ' पुरूष ' ( काभ्रे ,  पनौती   ।   हाल :  कपन ,  काठमाडौँ   । ) " हाम्रो   वस्तिमा   ज्यानमारा   छिर्यो   है  !  अब   हामी   एकजुट   भएनौ   भने   सकिन्छौँ  !"  सबैले   सुन्ने   गरी   परेवाले   भन्यो   ।     उसका   कुरामा   कसैले   चासो   दिएन   ।   भोलिपल्ट   जुरेलीले   सबैका   सामु   भन्यो , " हिजो   परेवा   दाइले   भनेकोकुरा   साँच्चै   पो रहेछ   ।   हाम्रो   दुस्मनले   यहाँ   डेरा   जमाई   सकेको   रहेछ ,  अब   के   गर्ने  ?"  उसको   कुरा   पनि   सुन्ने   कोहि   भएनन्   ।   सबै   आआफ्नै तालमा   लागे   । सुन्दर   बगैँचाको   कपुरको   अग्लो   रूखमा   बाजले   अतिक्रमण  ...

लघुकथा: 'सुधो'

  लघुकथा : ' सुधो '  ✍️   ध्रुवराज   थापा  ' पुरूष ' ( काभ्रे ,  पनौती   ।   हाल :  कपन ,  काठमाडौँ   । ) चिया   नास्ता   खाएर   पृथ्वीको   नाईटो   हेर्न   जाने   कुरा   भयो   ।   शैलुङमा   सयौं   आकर्षक   थुम्का ,  बौद्ध   गुम्बा ,  बुद्धको   पाईला   र पृथ्वीको   नाईटो   पनि   छ   रे  ! " मलाई   त   तरकारीमा   लसुन   प्याज   नहालीकन   चोखो   पारेर   शुद्ध   गरी   बनाउनुस   है  !"  भ्रमण   समूहका   एक   जनाले   मुख खोले। अर्का   सहयात्रीले   थपे ,  मलई   त   मरमला   लसुन   प्याज   पिरो   हालेर   टक्क   पार्नुस्   है  !" तेस्रा   व्यक्तिले   थपिहाले , " म   त   भेज   है   माछामासुको   लाटलुट   केही   नपरोस्   । " होटलवाला ...

लघुकथा: 'पूर्वाङ्ग'

(हाम्रो लघुकथा केन्द्रको चौंथो वर्षिकोत्सवको अवसरमा प्रेषित लघुकथा) लघुकथा: 'पूर्वाङ्ग'  ✍️ ध्रुवराज थापा 'पुरूष' (काभ्रे, पनौती । हाल: कपन, काठमाडौँ ।) श्रीमती : "तपाईँले थाहा पाउनुभो, पल्लो कोठाको लोकेको छोरीको भोलि विवाह रहेछ नि !" श्रीमान् : "नचाहीने कुरा ! लोके मेरो मिल्ने साथी हो । छोरीको बिहे जस्तो कुरा मलाई भनि हाल्छ नि ! अनि यो कुरा तिमीले कसरी थाहा पायौ नि ?" श्रीमतीले भनिन्, "नपत्याउनु न त, मेरै कानले सुनेको ! आज पूर्वाङ्ग रे ! भोली विवाह रे ! फोनमा सबैलाई भोलि निम्ता छ है जसरी पनि आउनु पर्छ नत्र रिसाउछु भन्दै थिए !" उनले फेरि थपिन, "त्यहि भएर पो आज उनीहरूका बुढाबुढी राम्रा लुगा लगाएर गएका रहेछन् त, बुढीले झपक्कै गहना पनि लगाएकी थिईन् ।" श्रीमानले भने, "ए कुरा त्यस्तो पो रहेछ ! तर सबैलाई फोन गरि गरि बोलाउदा हामीलाई चाँही किन कुरा लुकाए त म अचम्ममा परेँ !" यत्तिकैमा ढोकामा कसैले ढकढक गरेको आवाज आयो । श्रीमतीले ढोका खोलिन् ।ढोकामा उनै लोके ठिङ्ग्रीङ् उभिएका थिए । लोकेले निम्तो गरिहाले "ल है भोलि हाम्रो लघुक...

लघुकथा: 'अर्ती'

Image
लघुकथा: 'अर्ती'  ✍️   ध्रुवराज   थापा  ' पुरूष ' ( काभ्रे ,  पनौती   ।   हाल :  कपन ,  काठमाडौँ   । ) " तपाईँलाई   बाँच्ने   मन   छ   कि   छैन  ?  श्रीमती   र   छोराछोरीको   मायाँ   लाग्छ   कि   लाग्दैन  ?"  डाक्टर   सम्झाउदै   थिए   । बिरामीले   प्रतिउत्तर   फर्काए , " बाँच्ने   मन   कसलाई   हुदैन   र   डाक्टर   साहेब  !  " त्यसो   भए   किन   परिवारलाई   दु : ख   दिनुहुन्छ  ?  किन   आफ्नो   ज्यान   धरापमा   पार्नुहुन्छ  ?  उच्च   रक्तचापको   समस्या   भएको मानिस   कमसेका   आफूलाई   त   माया   गर्नुस्   । "  डाक्टरले   सुझाए   । कथा   व्यथा   आआफ्नो   हुन्छ   ।   रक्सी   खाएर   आफैलाई   सक्न   मलाई   पनि   त   मन  ...