लघुकथा: 'सुधो'
लघुकथा: 'सुधो'
✍️ ध्रुवराज थापा 'पुरूष'
(काभ्रे, पनौती । हाल: कपन, काठमाडौँ ।)
चिया नास्ता खाएर पृथ्वीको नाईटो हेर्न जाने कुरा भयो । शैलुङमा सयौं आकर्षक थुम्का, बौद्ध गुम्बा, बुद्धको पाईला रपृथ्वीको नाईटो पनि छ रे !
"मलाई त तरकारीमा लसुन प्याज नहालीकन चोखो पारेर शुद्ध गरी बनाउनुस है !" भ्रमण समूहका एक जनाले मुखखोले।
अर्का सहयात्रीले थपे, मलई त मरमला लसुन प्याज पिरो हालेर टक्क पार्नुस् है !"
तेस्रा व्यक्तिले थपिहाले, "म त भेज है माछामासुको लाटलुट केही नपरोस् ।"
होटलवाला साहुनी मिस्रीमाया मुस्कुराएर उनिहरूका कुरा सुन्दै थिईन ।
होटेल साहुनीले रोटी तरकारी ल्याईन । त्यति नै बेला उनले भनिन्, "दुध त यता कालापानीतिर त्यति पाईँदैन, कालोचिया बनाउँ ?"
समूहका कसैले दुध नभएको चिया भनेपछि नाक खुम्चाए, कसैले रङ्ग कडा पार्नुस् है भने, कसैले चिनी कम गर्नुस् भने तकसैले मरिचको धुलो पनि हाल्न सुझाए ।
साहुनी सहरबाट आएका आफ्ना ग्राहकको थरीथरीका आवश्यकता पूरा गर्न तयार थिईन । साहुनी गाउँले जीवनबाँचेकी अत्यन्त भद्र अनि शालिन थिईन् ।
ब्रेकफास्ट पछि शैलुङ प्रस्थान गर्नु अगाडी यात्री समूहका एक सदस्यले भने, "हामी माथि पुगेर आउछौं एघार बजेलाईखसीको मासु र भात तयार पार्नु है साहुनी ?"
साहुनीले 'हस्' भनिन् । त्यत्तीकैमा उनले के सम्झिन कुन्नी प्रतिप्रश्न गरिहालिन, "साँच्ची मासुमा चाँही लसुन प्याजहाल्नु कि नहाल्नु ?" मिति : २०८० फाल्गुण ३०
Comments
Post a Comment