सन्दर्भ: हजुरबाआमा दिवस-२०८१ लघुकथा: 'संस्कार' ✍️ ध्रुवराज थापा 'पुरूष' (काभ्रे, पनौती । हाल: कपन, काठमाडौँ ।) "म धेरै चिन्तामा छु,के गर्ने होला ?" आफ्नी नन्दलाई भाउजु गुनासो गर्दै थिईन । नन्द केही नबोली भाउजुका कुरा एक टकले सुनेरमात्र बसिन् । भाउजु बिलौना पोख्दै थिईन्, " आफ्नो त भाग्य नै त्यस्तै हो कि ! एउटा हुर्केको छोरो पनि राक्षसजस्तो छ ! केही बोल्नै हुन्न झम्टेर आउँछ !" नन्दले प्रशङ्ग मोडिन्, अनि भाउजु छोरी चाही कस्ति छन् त, उनी पनि पढ्न गएकी होलिन, हैन ?" भाउजु पोलिईन, "खै के भन्नु नानी, उसको स्वभाव पनि त्यस्तै हो, जङ्गली स्वभाव ! घरमा नयाँ मान्छे आयो भने छेउमै नपर्ने ! दुबैजना उस्तै छन्, न बोल्ने ढङ्ग छ । न काममा सघाउछन्, आफ्नै सामान ठिक ठाउँमा राखे त हुन्थ्यो !" उनी थप्दै गईन, "अहिले त यस्ता छन्, पछि कस्ता होलान् ?" नन्दले सान्तवना दिईन्, चिन्ता नगर्नुस् न भाउजु, उमेर बढ्दै गएपछि सिक्दै जान्छन् नि !" "हुने विरूवाको चिल्लो पात, नहुने विरूवाको खस्रो पात ! यस्तै पाराले के होला र खै ? तपाईँका छोराछोरी कति असल...
लघुकथा : ' महत्त्वाकाङ्क्षा ' ✍️ ध्रुवराज थापा ' पुरूष ' ( काभ्रे , पनौती । हाल : कपन , काठमाडौँ । ) मोबाईल : ९८४१३४२९७२, इमेल : dhrubaraj70@gmail.com " डाँडाघरे साईँलीको बिहे भएछ नि थाहा तपाईँले केही थाहा पाउनु भयो ?" श्रीमतीले पतिलाई जिज्ञासा राखिन् । " नचाहीने कुरा ! उसको बाउ मेरो मिल्ने साथी हो । बिहे हो भने मलाई थाहा हुदैन ? छोरी जसरी पनि विदेश जान्छु भनेर तम्सिएकी छ रे ! कताको बिहे हुन्छ ?" शंकरले अविश्वास प्रकट गरे । उनले प्रश्न तेर्साए , " बिहे भएको भए को सङ्ग भएको रहेछ त ?" " ...
Comments
Post a Comment