Posts

Showing posts from April, 2024

लघुकथा: 'सोच'

Image
लघुकथा: 'सोच' ध्रुवराज थापा 'पुरूष' (काभ्रे, पनौती । हाल: कपन, काठमाडौँ ।) गौलोचनले एउटा चिटिक्क परेको आश्रम बनाए। उनले आफ्नै विद्वान बा आमाको नाममा आफ्नै जमिन र लगानीमा आश्रम तयार पारेका थिए । आज आश्रमको उद्घाटनको दिन हो ।कार्यक्रम सकिने बित्तकै केही जोगी, साधुसन्त र बृद्ध बृद्धाहरू आश्रममा प्रवेश गरे । गौलोचनले सोधे, "तपाईँहरू यहाँ किन के कामका लागी आउनुभयो ?" उनीहरूमध्ये एक बृद्धले भने, "यहाँ आश्रम खोलेको थाहा पाएर यहाँ बस्न पाईन्छ कि भनेर आएको !" लगत्तै अर्का एक साधुले पनि आफ्ना कुरा राखे, "साधुको लागी आश्रम बनेको होला भनेर हामी पनि यहीँ बस्न आएका !" गौलोचनले दुई हात जोड्दै उनीहरूलाई सम्झाए, "माफ गर्नुहोस् यो त्यस्तो आश्रम हो जहाँ साहित्यको अध्ययन अनुसन्धान गर्ने, बिचार विमर्श गर्ने थलो हो !" मिति: २०८० माघ २६ , स्याङ्जा, फापरथुम

लघुकथा: 'निर्बुद्धि'

Image
  लघुकथा: 'निर्बुद्धि' ध्रुवराज थापा 'पुरूष' (काभ्रे, पनौती । हाल: कपन, काठमाडौँ ।) सबै रूख चढे न्यानो घामको पार ताप्दै बैठक सुरू भयो । सभापतिले सबैलाई बैठकमा स्वागत गर्दै प्रश्न राखे, "आजको बैठकको मुख्य एजेण्डा भनेको हामीहरूलाई खानेकुराको अभाव हुदै गएको छ, अब त्यसको समाधान कसरी गर्ने होला ? सबैले पालैपालो आफ्नो धारणा राख्नुहोला ।" सभापति ढेडु बाँदरको कुरा सुनेर पाङ्ग्रे बाँदरले आफ्नो जिज्ञासा राख्यो, "हो हामीलाई अब बाँच्नै गारो हुनेभयो, अहिले आधा पेट खाएर बाँच्नु परिरहेको छ ।पहिले पहिले हाम्रा हजुरबाको पालामा खाएरै नसकिने फलफूल जङ्गलभरि पाईन्थ्यो रे !" खैरे बाँदरले उपाय निकाल्यो, "यी मान्छेहरूले केही नफल्ने विरूवा भन्दा थरिथरिका फलफूलका विरूवा वृक्षारोपण गरेको भए कति राम्रो हुन्थ्यो, हामीले पनि अघाउन्जेल खान पाउथ्यौँ, उनीहरूले पनि खान पाउथे ।" उसले अगाडी थप्यो, "त्यसो होईन अब हामीले मान्छेका घरघरमा गएर उनीहरूका खानेकुरा खोसेर भए पनि खानुपर्छ ।" ढेडुले जवाफ फर्कायो, " खान्छौ ? उता मान्छेहरूले हामी वस्ती नजिक आएको चालपाएर जङ्...

लघुकथा: 'अर्ती'

Image
  लघुकथा: 'अर्ती' ध्रुवराज थापा 'पुरूष' (काभ्रे, पनौती । हाल: कपन, काठमाडौँ ।) "तपाईँलाई बाँच्ने मन छ कि छैन ? श्रीमती र छोराछोरीको मायाँ लाग्छ कि लाग्दैन ?" डाक्टर सम्झाउदै थिए । बिरामीले प्रतिउत्तर फर्काए, "बाँच्ने मन कसलाई हुदैन र डाक्टर साहेब ! "त्यसो भए किन परिवारलाई दु:ख दिनुहुन्छ ? किन आफ्नो ज्यान धरापमा पार्नुहुन्छ ? उच्च रक्तचापको समस्या भएको मानिस कमसेका आफूलाई त माया गर्नुस् ।" डाक्टरले सुझाए । कथा व्यथा आआफ्नो हुन्छ । रक्सी खाएर आफैलाई सक्न मलाई पनि त मन थिएन नि!" "त्यसो हो भने किन रक्सी खानुहुन्छ ? तुरून्त छोडी हाल्नुस् ।यसले तपाईँलाई राम्रो गर्दैन !" डाक्टरले जवाफ दिए । बिरामीले जवाफ फर्काए, "गुरूबन्न सजिलो, चेला बन्न गार्हो ! अघि अस्पतालको क्यान्टिनमा डाक्टरसाप पनि चुरोट पिउँदै हुनुहुन्थ्यो त ! चुरोटले चाँही फाईदा गर्ने हो डाक्टरसाप? कि तपाईँलाई आफ्नो ज्यानको माया लाग्दैन ?" मिति:२०८० फागुन २२

लघुकथा: 'सुधो'

Image
  लघुकथा: 'सुधो' ध्रुवराज थापा 'पुरूष' (काभ्रे, पनौती । हाल: कपन, काठमाडौँ ।) चिया नास्ता खाएर पृथ्वीको नाईटो हेर्न जाने कुरा भयो । शैलुङमा सयौं आकर्षक थुम्का, बौद्ध गुम्बा, बुद्धको पाईला र पृथ्वीको नाईटो पनि छ रे ! "मलाई त तरकारीमा लसुन प्याज नहालीकन चोखो पारेर शुद्ध गरी बनाउनुस है !" भ्रमण समूहका एक जनाले मुख खोले। अर्का सहयात्रीले थपे, मलई त मरमला लसुन प्याज पिरो हालेर टक्क पार्नुस् है !" तेस्रा व्यक्तिले थपिहाले, "म त भेज है माछामासुको लाटलुट केही नपरोस् ।" होटलवाला साहुनी चिनीमाया मुस्कुराएर उनिहरूका कुरा सुन्दै थिईन । होटेल साहुनीले रोटी तरकारी ल्याईन । त्यति नै बेला उनले भनिन्, "दुध त यता कालापानीतिर त्यति पाईँदैन, कालो चिया बनाउँ ?" समूहका कसैले दुध नभएको चिया भनेपछि नाक खुम्चाए, कसैले रङ्ग कडा पार्नुस् है भने, कसैले चिनी कम गर्नुस् भने त कसैले मरिचको धुलो पनि हाल्न सुझाए । साहुनी सहरबाट आएका आफ्ना ग्राहकको थरीथरीका आवश्यकता पूरा गर्न तयार थिईन । साहुनी गाउँले जीवन बाँचेकी अत्यन्त भद्र अनि शालिन थिईन् । ब्रेकफास्ट पछि शैलुङ ...

लघुकथा: 'जिन्दावाद'

Image
  लघुकथा: 'जिन्दावाद' ध्रुवराज थापा 'पुरूष' (काभ्रे, पनौती । हाल: कपन, काठमाडौँ ।) "हाम्रो वस्तिमा ज्यानमारा छिर्यो है ! अब हामी एकजुट भएनौ भने सकिन्छौँ !" सबैले सुन्ने गरी परेवाले भन्यो । उसका कुरामा कसैले चासो दिएन । भोलिपल्ट जुरेलीले सबैका सामु भन्यो, "हिजो परेवा दाइले भनेकोकुरा साँच्चै पो रहेछ । हाम्रो दुस्मनले यहाँ डेरा जमाई सकेको रहेछ, अब के गर्ने ?" उसको कुरा पनि सुन्ने कोहि भएनन् । सबै आआफ्नै तालमा लागे । सुन्दर बगैँचाको कपुरको अग्लो रूखमा बाजले अतिक्रमण गरीसकेको थियो । पोथी बाज ओथारो बसी सकेकी थिइ । केही दिनपछि चल्ला पनि कोरली । उ बच्चा रूँगेर बस्थी भाले बाज परिवारको भोक मेटाउन बगैँचाका अबोध पन्छीहरूको शिकार गरेर गुँडमा पुर्याउँथ्यो । कहिले परेवा, कहिले भँगेरा कहिले, काग त कहिले जुरेली छाकै पिच्छे फरक स्वादमा उनीहरूका आहारा बन्थे । बिस्तारै बगैँचा सुनसान बन्यो । हिजोसम्म रङ्गीचङ्गी फूलहरूले सिङ्गारिएको बगैँचामा चराचुरूङ्गीको चिरबिर आवाजले मिठो सङ्गीत छर्थ्यो ।बगैँचामा सानो लोखर्केको फार्फार-फुर्फुर हेरिरहुँ जस्तो लाग्थ्यो । आज उनीहरूको अ...

लघुकथा: 'अजासु'

Image
  लघुकथा: 'अजासु' ध्रुवराज थापा 'पुरूष' (काभ्रे, पनौती । हाल: कपन, काठमाडौँ ।) "दाई ऊ त्यो ठूलो त्रिशुल आउने गरी हाम्रो एउटा फोटो खिचिदिनुस् न !" आफ्नो युट्युबको लागी भिडियो बनाई रहेको एकजना मानिसलाई एक युवतिले भनिन् । हजारौँ मानिसको भिड लागेको थियो । शिवरात्रिको दिन त्यसमाथि पनि त्यहाँ कोटिहोम चलिरहेको थियो, भिड नहुने कुरै भएन । युट्युबरले नाई भन्न सकेन । आफ्नो काम छोडेर उनको मोबाईल समात्यो र मोबाईलमा हेर्दै भन्यो, "एन्टीलाईट छ फोटो राम्रो आउँदैन ।" उसको कुरालाई ध्यान दिए वा दिएनन् उनीहरू उल्टो उसलाई निर्देशन दिँदै थिए "मोबाईल यसरी ठाडो पारेर खिच्नुस्, त्रिशुल नकाटीयोस् नि !" उनीहरू लाईन लागेर बसे । युट्युबरले सकेसम्म एङ्गल मिलाएर २/३वटा फोटो खिचिदिए र मोबाईल फिर्ता दिए । एउटीले हत्त न पत्त मोबाईल तानेर भनिन्, "खोई खोई ? कस्तो आएछ ?" युट्युबरले सुने सुनेन् तर मैले उनको कुरो फ्याट्ट् सुनिहालेँ । अनि उनको बुध्दि देखेर उनी प्रति टिठ लाग्यो ! उनले फोटो हेरेर आफ्नै आैकातम भनिन्,"त्यो मान्छेलाई खासै फोटो खिच्न आउदो रहेनछ !" ...

लघुकथा: 'प्रेमालाप'

Image
  लघुकथा: 'प्रेमालाप' (अप्रिलफुल सन्दर्भ) ध्रुवराज थापा 'पुरूष' (काभ्रे, पनौती । हाल: कपन, काठमाडौँ ।) मोबाईमा घण्टी बज्यो रत्नेले बोल्यो, "हलो जेपी !" उताबाट जवाफ आयो, "रत्ने तँ कहाँ छस् ? आज दिउँसो दुईबजे मनशान्ति पार्कमा आईज है, रश्मिले पनि आउँछु भनेकी छ !" रत्नेले भन्यो, "आउँदिन म, तँलाई पो तेरो गर्लफ्रेण्ड साथी हुन्छ, म जोक्कर बन्न किन आउँ ? आउन्न म त !" जेपीले पुन जोडबल गर्यो, "आईजोन यार साथीको लागी त्यति गर्न सक्दैनस् ? बल्ल उसले आज मलाई समय दिएकी छ आज केही होला जस्तो छ !" रत्नेले ईन्कार्न सकेन । पार्कमा रश्मि र जेपीको भेट भयो । खाली रहेको एउटा बेन्चमा गएर बसे । उनीहरू प्रेमिल कुराकानी गर्दै थिए ।केही बेरमा रत्ने पनि टुप्लुक्क आईपुग्यो । रत्नेलाई बस्न दुबैले आग्रह गरे । उनीहरू एक आपसमा चिनजानका साथि पनि थिए । रत्ने जेपीको छेउमा बस्यो । जेपीले रत्नेलाई सर्प्राईज दिने हिसाबले ज्याकेटको चेन खोल्यो र एउटा रातो गुलाफ निकालेर रमिता तिर तेर्स्याउँदै भन्यो, "रश्मि आज प्रेम दिवसको दिन म तिमीलाई यो फूल दिन चाहन्छु, आई लभ यु !...

लघुकथा: 'सोमबारे अौंसी'

Image
  लघुकथा: 'सोमबारे अौंसी' ध्रुवराज थापा 'पुरूष' (काभ्रे, पनौती । हाल: कपन, काठमाडौँ ।) ब्रह्ममुहूर्त सुनसान । चारैतिर सन्नाटा । बेलाबेलामा भुस्याहा कुकुरको भुकाईले त्रासलाग्दो अवस्था ! यसैबिच सहरको एउटा चोकमा एउटी अधबैंसे महिला कसैलाई कुरीरहेकी छन् । "छ्या कस्तो ढिला गरेको होला ? यस्तो गर्ने मान्छे त होइन, आधा घण्टा ढिला भैसक्यो, कस्तो मान्छे हो ? विस्तारै फत्फताउदै थिइन । फाट्टफुट्ट मर्निङ्गवाक जाने मानिस देखिन थाले । उनलाई एक्लै उभिएको देखेर आश्चर्यमान्दै अगाडी बढ्दै थिए । राधा पनि साथीसँग मर्निङ्गवाक जाने गरेकी थिईन तर आज उनकी साथी यतिबेलासम्म आएकी थिईनन् । उनकी साथिको अलि बढी बोल्नुपर्ने, सबैकुरा उनलाई थाहा भएको जस्तो गर्नु पर्ने उनको बानी थियो । बोल्ने क्रममा बढी धक्कु लगाउँदा उनी कहिलेकाँही आफ्नै धोति खुस्केको पनि चाल पाउँदिन थिईन । प्रतिक्षाको घडी सकियो ।साथी हस्याङ् फस्याङ् गर्दै आईपुगिन् र भनिन्-"सरी यार आज अलिकति ढिलाभयो ।" के को सरी नि अर्कालाई यस्तो अँध्यारोमा एक्लै कुराएर कम्ता डर लागेको होईन । अनि यत्रोबिधि ढिलाचाँही किन गरेको के भयो पहिला ...

लघुकथा: 'चोर'

Image
  लघुकथा: 'चोर' ध्रुवराज थापा 'पुरूष' (काभ्रे, पनौती । हाल: कपन, काठमाडौँ ।) ग्वारग्वार्ती प्रहरीहरू घरभित्र प्रवेश गरेर उनलाई हतकडी लगाएर घरबाट बाहिर निकाले । एक्कै छिनमा भिड जम्मा भयो ।गाउँलेहरू मुखामुख गर्न लागे । भिडबाट एकजनाले फ्याट्ट जिज्ञासा राखे, "हैन यो भर्खरको आलो सुत्केरीलाई किन पक्रेको के गल्ती गरिन् र यिनले ?" प्रहरीले प्रतिउत्तर फर्काए, "उहाँले अस्पताबाट अरूको बच्चा चोरेर ल्याउनु भएको रहेछ !" "ए हो र ? कस्तो अपराधी रहिछे त यो आईमाई ! यसरी अर्काको बच्चा चोर्नुहुन्छ ? छिमेकमा सुत्केरी भएकी भन्थे त !" प्रश्नकर्ताको प्रतिक्रिया आयो । "तपाईँहरू नै होईन मलाई बाँझी आईमाई भन्ने ? अनि मेरो श्रीमानलाई अर्को बिहे गर्न सल्लाह दिने ?" आरोपीले भनिन्, चोर म होईन चोर तपाईँहरू हो, यो समाज चोर हो ! " मिति : २०८० फाल्गुण

लघुकथा: 'आसन ग्रहण'

Image
  लघुकथा: 'आसन ग्रहण' ध्रुवराज थापा 'पुरूष' (काभ्रे, पनौती । हाल: कपन, काठमाडौँ ।) उद्घोषकले कार्यक्रम सुरू गरे। उनले मन्च अगाडि दर्शक दीर्घामा बसेकालाई पालैपालो मन्चमा आसन ग्रहण गराए । चालिस पचास जनाजति भेला भए । कुनै राजनीति पार्टीको भातृ संगठनको जिल्ला सम्मेलन भनिएको थियो । अगाडि मन्च खाली थियो, उनीहरू दर्शक दीर्घामा बसेका थिए । कार्यक्रम सुरूभयो ।आसन ग्रहण गराउन थालीयो । मन्च भरिभराउ भयो, खुट्टा राख्ने ठाउँ भएन उता अगाडी सहभागीको स्थान खाली जस्तै भयो । मन्चासिन प्रमुख अतिथिले उद्घोषकलाई कोट्याए, "खै तल त एकजना पनि मान्छे छैनन् के गरेको यस्तो ?" उद्घघोषकले साउतीमै उत्तर दिए, "के गर्नु त सबैलाई मन्चमा उक्लने रहर छ ! आसन ग्रहण नगराउँ पार्टीको कारबाहीमा परियला भन्ने डर !" मिति : २०८० चैत्र All reactions: 20 मुरारीराज मिश्र, Trilochan Dhakal and 18 others
  लघुकथा : ' आसन   ग्रहण '  ✍️   ध्रुवराज   थापा  ' पुरूष ' ( काभ्रे ,  पनौती   ।   हाल :  कपन ,  काठमाडौँ   । ) उद्घोषकले   कार्यक्रम   सुरू   गरे।   उनले   मन्च   अगाडि     दर्शक   दीर्घामा   बसेकालाई   पालैपालो   मन्चमा   आसन   ग्रहण   गराए   ।   चालिस   पचास   जनाजति   भेला   भए   ।   कुनै   राजनीति   पार्टीको   भातृ   संगठनको   जिल्ला   सम्मेलन   भनिएको   थियो   ।   अगाडि   मन्च   खाली   थियो ,  उनीहरू   दर्शक   दीर्घामा   बसेका   थिए   ।   कार्यक्रम   सुरूभयो   ।आसन   ग्रहण   गराउन   थालीयो   ।   मन्च   भरिभराउ   भयो ,  खुट्टा   राख्ने   ठाउँ   भएन   उता   अगाडी सहभागीको   स्थान   खाली   जस्तै   भयो   । मन्चासिन ...