लघुकथा: 'चोर'
लघुकथा: 'चोर'
(काभ्रे, पनौती । हाल: कपन, काठमाडौँ ।)
एक्कै छिनमा भिड जम्मा भयो ।गाउँलेहरू मुखामुख गर्न लागे । भिडबाट एकजनाले फ्याट्ट जिज्ञासा राखे, "हैन यो भर्खरको आलो सुत्केरीलाई किन पक्रेको के गल्ती गरिन् र यिनले ?"
प्रहरीले प्रतिउत्तर फर्काए, "उहाँले अस्पताबाट अरूको बच्चा चोरेर ल्याउनु भएको रहेछ !"
"ए हो र ? कस्तो अपराधी रहिछे त यो आईमाई ! यसरी अर्काको बच्चा चोर्नुहुन्छ ? छिमेकमा सुत्केरी भएकी भन्थे त !" प्रश्नकर्ताको प्रतिक्रिया आयो ।
"तपाईँहरू नै होईन मलाई बाँझी आईमाई भन्ने ? अनि मेरो श्रीमानलाई अर्को बिहे गर्न सल्लाह दिने ?"
आरोपीले भनिन्, चोर म होईन चोर तपाईँहरू हो, यो समाज चोर हो ! "
मिति : २०८० फाल्गुण
Comments
Post a Comment