Posts

Showing posts from August, 2024

रम्बास

Image
  रम्बास शून्य  ध्रुवराज थापा 'पुरूष' (काभ्रे, पनौती, हालः कपन, काठमाडौँ)                                      के                                     तिमी                                    शून्यमा                                    बिलाउन                                सक्छौ होला त?                                बिलाउ  ! रमाउ  !                                न भोक न त ति...

लघुकथा : देखासकी

  लघुकथा  :   देखासिकी ✍️   ध्रुवराज   थापा  ' पुरूष ' ( काभ्रे ,  पनौती ,  हालः   कपन ,  काठमाडौँ ) " खै   खै   हामीलाई   चस्मा   देखाउनुस्   त  !"  दुईजना   महिला   चस्मा   पसलभित्र   पसे   । पसलेले   भने , " खै   चस्माको   पर्चा   दिनुस्   त ,  पावर   कति   रहेछ   हेर्नुपर्यो  !" " हामीले   त्यस्तो   पावर   भएको   चस्मा   खोजेको   होईन ,  पावर   विनाको   चस्मा   खोजेको  !  छैन   कि   क्या   हो  ?"  रूपाले   भनिन्   । पसलेले   हत्तारिँदै   उत्तर   फर्काए , " किन   नहुनु   नि  !  मेरो   पसलमा   जस्तो   चाहियो   त्यस्तै   चस्मा   छन्  !" भन्दै   उनले   एउटा   चस्मा   निकालेर   देखाए   । पार्वतीले   चस्मा   हातमा   ओल्ट...

लघुकथा : गुरू सम्मान

  लघुकथा : गुरू सम्मान ✍️ ध्रुवराज थापा 'पुरूष' (काभ्रे, पनौती, हालः कपन, काठमाडौँ) एक जत्था मुल ढोकामा देखापरे ! आफ्ना गुरूलाई भेट्ने भनेपछि चौकिदारले पनि ढोका खोलिदिए, किन कि आजको विशेष दिनमा उनलाई पनि गुरू सम्मान हेर्ने रहर थियो । आज गुरू पुर्णिमाको दिन विद्यार्थीको हुल सरासर    प्राध्यापक कक्षभित्र प्रवेश गरे ! नाईकेले भन्यो, "खोई झोलाबाट माला झिक !" सहयोगीले माला झिकेर दियो । नाईकेले जबरजस्ती माला लगाईदियो र भन्यो, "खोई सगुन पनि निकाल !"  सहयोगीले झोलाबाट सिसी निकालेर दियो । नाईकेले आफ्नो गुरूको मुखभरी सगुन दलिदियो । भिडले भनयो, "अब एउटा फोटो खिचौँ , पत्रिकामा पनि त दिनुपर्यो !" सम्मानीत गुरूलाई बिचमा राखेर फोटो पनि खिचे । नेताले गर्वका साथ उद्घोष गरे, "प्रयोगात्मक परीक्षामा हामीलाई राम्रो नम्बर नदिए हामी अर्को वर्ष पनि यसरी नै कालो मोसो र जुत्ताको मालाले गुरू सम्मान गर्छौँ !" यत्तिकैमा पुलिसको साईरनको आवाज सुनियो । प्रहरीले क्षणभरमै चारैतिरबाट घेरा हाल्यो ! रचनाकाल : २०८१ श्रावण ५ Sent from Gmail Mobile