Posts

Showing posts from January, 2024

लघुकथा : छटेल

Image
  लघुकथा : छटेल ध्रुवराज थापा 'पुरूष' (काभ्रे, पनौती । हाल: कपन, काठमाडौँ ।) "होसियार ! होसियार !! गाउँले जति सबै होसियार है !"क्षणभरमै छिमेकी जम्मा भए र सोधे, "किन आत्तीएको के भयो ?" "स्याल आयो क्या स्याल ! सबैले आआफ्नो कुखुरा जोगाउनुस् है ? उ ल हेर यताबाट उता झाङ्तिर लाग्यो स्याल !" रत्नेले भन्यो । गाउँलेहरू स्याल लखेट्न सबैजना त्यतैतिर दौडिए । यता रत्नेले छिमेकिको एउटा ठूलो भाले चपक्क समात्यो र दौडिदै भन्यो, "स्यालले कुखुरा लग्यो ! लग्यो ! लग्यो !!" फलैँचामा तमाखु खाएर बसेका हजुरबाले रत्नेको क्रियाकलाप देखिहाले र भने, "कस्तो फटाह रहेछ यो ! भोली गएर ठुलै दलको खुँखार नेता होला जस्तो पो छ त !"

लघुकथा : दुखेसो

Image
  लघुकथा : दुखेसो ध्रुवराज थापा 'पुरूष' (काभ्रे, पनौती । हाल: कपन, काठमाडौँ ।) एक्कासी सबैले घेरा हाले ।लाग्दै थियो आज यिनीहरूले त्यत्तिकै छाड्ने छैनन् । किनकी मैले उनीहरूको अनुहारमा आक्रोश पढिरहेको छु !कसरी आज म यो तिलस्मी ठाउँमा आईपुगेँ पत्तै भएन ! मैले जिज्ञासा राखेँ, "तपाईँहरू शान्त हुनुहोस् । तपाईँहरूको गुनासो के छ ? ल भन्नुहोस् ।" उनीहरूले एकैसाथ भने, "हामीलाई सहिदको सूचीबाट हटाइयोस् ! हाम्रो घोर अपमान भयो ! मैले सोधेँ, "किन यस्तो भन्नुभयो ? तपाईँहरूलाई के भयो ? पालैपालो आफ्नो कुरा राख्नुहोस् । सहिद नं. १ : "हामीलाई किन वर्षमा एकपल्टमात्र सम्झिने गरिन्छ ? के हामीले गरेको बलिदानीको मूल्य यही हो ?" सहिद नं. २ : "तपाईँहरूले किन सहिदको परिभाषा बिगार्नुभयो ? जस्लाईलाई पनि दबाबको भरमा सहिद घोषणा किन गर्नुहुन्छ ? आफ्नो देश, संस्कृति, अस्तित्व र स्वाभिमानको संरक्षण तथा स्वतन्त्रताको प्राप्तिको निम्ति बलिदान दिने अमर व्यक्ति लाईमात्र सहिद घोषणा गर्नुपर्ने होईन र ?" सहिद नं. ३ : "तपाईँहरू किन सहिदको नाम भजाएर आफ्नो दुनो सोझ्याउनु हुन्छ...

Poem : Mero Desh

Image
 

लघुकथा: दोषी को ?

Image
  लघुकथा: दोषी को ? ध्रुवराज थापा 'पुरुष' आज म बाटोमा हिँड्दै थिएँ । म भन्दा अघिअघि दुईजना युवाहरु गफ गर्दै हिँड्दै थिए । ति दुबैजना सामान्य परिवारका जस्ता देखिन्थे । दुबैजनाको बोलाइको लबज र हिँडाइको पारा देख्दा यीनीहरुमा नसा चढेको भान हुन्थ्यो । नसाचाँही कुन चढ्यो म भन्न सक्दिन । मादक पदार्थ अथवा लागूपदार्थ त्यस्तै केहि हुनुपर्छ खुट्टा र बोली दुबै अलिअलि लरबराएका थिए । नजिकै भएकोले उनीहरुको कुराकानी मैले फ्याट्ट सुनिहाले । एउटा भन्दै थियो, आज क्या ल्याङ् भयो । अर्कोले भन्यो, के भयो यार त्यस्तो ? पहिलो ले जवाफ दियो, मेरो बाउले मलाई गाली दिएको नि, मैले पनि ग्याँसको सिसलण्डर नै उठाएर हान्न गएँ, अनिमात्र बाउ चुप लाग्यो । आफ्नो बहादुरी साथीलाई सुनाउँदै थियो । उ थप्दै थियो, मेरो केही गल्ती नै छैन, त्यातिकै किचकिचमात्र गर्छ मेरो बाउ बुढो । उनीहरुका यी कुरा सुनेपछि मैले आफ्नो हिँडाईको चाललाई मत्थर पारेँ र उनीहरुका कुरा तर्फ कान ठाडा पारेँ । दोस्रो साथी भन्दै थियो, मेरो त आमामात्रै छन्, मत जति गाली गरेपनि आमालाई हान्न जान्न, सुनेरमात्र बस्छु । मैले उनीहरुको कुरामा ध्यान दिएको जस्तो...

लघुकथा: `विडम्बना´

Image
  लघुकथा: `विडम्बना´ ध्रुवराज थापा 'पुरुष' एउटा पत्रिका हात पर्यो । पाना पल्टाउँदै थिएँ एउटा लेखमा आँखा पुग्यो लेख "बौद्धिक चोरी जघन्य अपराध" नामक शीर्षक थियो। आफ्नो रुचिको बिषय पनि भएकाले चाख मानेर पढ्दै थिएँ । उक्त लेखमा, संविधानको धारा-उपधारा र प्रचलित कानुन समेत हवाला दिंदै - बौद्धिक चोरी भनेको प्रलोभनमा परेर अरुको सिर्जना चोरी आफ्नो बनाउने काम गर्नु हो भनिएको थियो । आजभोली समाजमा बौद्धिक चोरीका घटना बढ्दै गएकाले यसबारेमा नयाँ पुस्तालाई सचेत बनाउन विद्यालय तहबाट नै यस विषयमा शिक्षा दिनुपर्नेमा कुरामा जोड दिईएको थियो । त्यति मात्र होईन, अर्काको सिर्जना चोरी गरेमा कानुनीरुपमा के-कस्ता सजायँ भोग्नुपर्छ र समाजमा कसरी अपमानित हुनुपर्छ भन्ने समेत उल्लेख थियो । आफू स्वयं पनि एक शिक्षक भएकोले विद्यार्थीहरुलाई यस सम्बन्धि जानकारी दिनुपर्छ भन्ने सोच मैले बनाएँ । लेख पढिसकेर लेखकको नाम तिर पुन: आँखा गयो । लेखकको फोटो सहितको नाम देखेर म झस्किए। पहिले लेखकको नाम मात्र पढ्दा नआएको याद फोटो देखेर अकस्मात् छर्लङ्ग भयो। म छाँगाबाट खसेझैं भएँ । ति लेखक, हालैमात्र बौद्धिक चोरीको आ...

लघुकथा: दृष्टिकोण

Image
  लघुकथा: दृष्टिकोण https://files.fm/f/v4dnstjmzc ध्रुवराज थापा 'पुरुष' `कस्तो घुरेर हेरेको होला, कहिल्यै केटी देख्न नपाएको जस्तो ! यो केटा मान्छेको जात त, राम्री केटी देख्नै नहुने, क्वाप्लाक्कै खाउँला जस्तो गरी पो हेर्छन् त बा !´ करिष्मा भुतभुताउँदै थिइन् । करिष्माको किशोरावस्थाको उर्लदो बैसालु जवानीले गर्दा, जो केही पनि भुतुक्कै हुने खालको रुप थियो उनको । सायद उनी कसैलाई पर्खेर बाटोको छेउमा उभिएकि थिइन् । टाइट जिन्स पाइन्ट, पेन्सिल हिल, रङ्गिन बुट्टे सर्टमा सजिए कि थिइन् उनी । उसैमाथि उनी अनुहारमा आधुनिक मेकअप र हेयर स्टाइलले धपक्कै बलेकी थिईन् । बाटोमा ओहोरदोहोर गर्दा उनलाई एकपटक हेरेर र् ‍ याल नकाढ्ने कोही पनि थिएनन् । आफू नजिकै गाडी कुरेर बसेको साधारण पहिरनको एउटा केटो, करिष्मालाई अघिदेखि हेरेर केही भन्न खोजे झैं गरी रहेको थियो । त्यस केटाको चाला देखेर करिषमाको रिसको पारो चढ्दै थियो । करिष्माको रोषपूर्ण अनुहार देखेर केटोले पनि उनीसँग बोल्न हिचकिचाइ रहेको थियो । तर बेलाबेलामा उनलाई हेर्न भने छोडेको थिएन । केटाले पटक पटक आफूलाई अनौठो किसिमले हेरीरहेको कुरा करिष्मालाई राम्रै...

लघुकथाः तीज

Image
  लघुकथाः तीज ध्रुवराज थापा 'पुरुष' (काभ्रे, पनौती । हालः कपन, काठमाडौँ) "अब त अति नै भयो, धर्म संस्कृतिका नाममा विकृति फैलाउन त भएन नि ’ हाम्रा सन्ततिले के सिक्छन् ?" बलबहादुर कड्किए । "होईन के भयो, किन फत्फताउनु भएको ?" श्रीमतीले सोधिन् । "तीज आउनु कहिले–कहिले, महिनौं अघिदेखि दिनदिनै कार्यक्रम चलेका छन् । पार्टी प्यालेस, होटेल, रेष्टुरेन्ट अनि घरघरमा तीजका नाममा भाँडभैलो चलेको छ, यस्तो पनि हुन्छ ?" समाजसेवी बलबहादुरले गुनासो पोखे । "के गर्नुहुन्छ, तपाईँमात्र कराएर के हुन्छ र ? चलनै यस्तै आयो ! अँ साच्ची हाम्रो आमा समूहले पनि आजै तीजको एउटा कार्यक्रम राखेको छ म त हिडें है ?" उनी हाँस्दै घरबाट निस्किन । बलबहादुरको पारो झन् तात्यो । उनले यस्तो विकृतिको विरुद्ध आवाज उठाउँदै आएका केही युवा, भद्रभलादमी र महिलाहरु जम्मा पारेर स्थानीय सरकारलाई उजुरी गर्न पालिकामा पुगे । पालिकाका मेयर भर्खरै एउटा तीजको कार्यक्रम सकेर आएका र लगत्तैै फेरि अर्को तीजकै कार्यक्रमा निस्कने तयारीमा रह...

लघुकथा: 'ट्याटू'

Image
https://sahityapost.com/aakhyan/short-story-aakhyan/141693/ लघुकथा: 'ट्याटू' ध्रुवराज थापा 'पुरुष' (काभ्रे, पनौती । हाल: कपन, काठमाडौँ) "ओई हेर त मेरो ट्याटू कस्तो देखिएको छ ?" रियाले टीसर्ट तन्काएर आफ्नो स्तन माथि 'माई लभ' लेखिएको ट्याटू क्रिष्टिनालाई देखाई । "ए तैँले पनि बनाईस ट्याटू ! खै हेरौं त ! आहा कति राम्रो रहेछ !" रिष्टिनाले प्रतिक्रिया दिइन् । उमेरले भर्खरै १५/१६ लागेका ति किशोरी शनिवार बाहिर कतै घुम्न जाने तरखरमा थिए । क्रिष्टिनाले भनीन् "तँलाई थाहा छ, मैले अर्को पनि ट्याटू हानें नि !" "ए हो र, खोई खोई देखा त कस्तो बनाईछस् !" रियाले उत्साहित भएर सोधिन । क्रिष्टिनाले फ्रक पल्टाएर नाईटोदेखि २ ईन्च तल खोपिएको ट्याटू देखाउँदै भनिन्, "माथिको ट्याटू देखेर घरमा सबैले गाली गरे, त्यही भएर मैले यहाँ तल बनाएको !" "वाउ ! कस्तो राम्रो बटरफ्लाई बनाएको रहेछ !" रियाले प्रतिक्रिया दिइन । यत्तिकैमा क्रिष्टिनाको मोबाईलमा म्यासेनजरको नोटिफिकेसन आउँछ । उ आफ्नो मोबाईल हेर्दै भन्छे "ए, त्यही ट्याटूवाला दाईको ...

लघुकथा: फुपूको श्राद्ध

Image
  लघुकथा: फुपूको श्राद्ध ध्रुवराज थापा 'पुरुष' (काभ्रे, पनौती । हालः कपन, काठमाडौँ ।) पालिकाका अध्यक्ष 'स्वाँस्वाँ र फ्वाँफ्वाँ' गर्र्दै टुप्लुक्क आईपुगे । पत्रकार पालिकाका अध्यक्ष अग्रगामीसँग अन्तरवार्ताको तयारीमा छन् । पत्रकार: "अध्यक्षज्यू तपाईँको पालिकाको निकै चर्चा परिचर्चा सुनेर म तपाईँसँग अन्तरवार्ता लिन आएको छु ।" अध्यक्ष: लामोलामो सास फेर्दै उनले भने "धन्यवाद" पत्रकार: "अध्यक्षज्यू तपाईँको नाम अग्रगामी, तपाईँले आफ्नो अनुसारकै काम गर्दै हुनुहुन्छ रे ! के यो कुरा सत्य हो ?" अध्यक्ष: "हो मैले अन्य पालिकाको भन्दा पृथक ढंगले कार्य गर्दै आएको भएर त्यस्तो भनेको हुनसक्छ । मलाई लाग्छ हामी अरूभन्दा भिन्न छौँ ।" पत्रकार: "त्यसो हो भने तपाईँले आफ्नो पालिकामा गरेका नमूनाका कामहरू बुँदागत रूपमा बताउनुस् न त हामीलाई ।" अध्यक्ष: "पहिलो नम्बरमा हामीले पालिकाका सबै पदाधिकारीलाई प्रत्येक वर्ष एउटा स्मार्टफोन र पोशाक वितरण गर्दै आएका छौँ । दोस्रो नम्बरमा पर्यटन प्रवर्धन गर्न सबैजसो कार्यक्रमहरू हामले रिसोर्टमा गर्ने गरेका छौ...

लघुकथा: 'विश्वास'

Image
https://sahityapost.com/aakhyan/short-story-aakhyan/143118/ लघुकथा: 'विश्वास' ध्रुवराज थापा 'पुरुष' (काभ्रे, पनौती । हाल: कपन, काठमाडौँ) "अबदेखि म कहिल्यै हत्याहिंसा गर्ने छैन ! म पापी हुँ ! म अपराधी हुँ ! मैले गरेका पापको प्रायश्चित मैले गर्नैपर्छ !" बकुल्लाको कुरा माछाहरूले कुरबाट कानथापेर सुने । बकुल्लो ठूलो ठूलो स्वरमा भन्दै थियो, "अरूलाई मारेर पनि के बाँच्नु, यो पोखरीमा भएका सबै माछाहरू ध्यानदिएर सुन !" माछाहरू बकुल्लाको कुरा कान थापेर सुन्न थाले । "अबदेखि म बरू नखाइ नखाइ, भोकभोकै मर्छु, तर यो पोखरीका एउटा पनि माछा खान्न, अब म आफ्नो पापको प्रयश्चित गर्न यहीँ पोखरीको डिलमा ध्यानमा बस्छु !" भोकले रन्थन्नीएको बकुल्लोले ठूलो ठूलो आवाजमा भन्यो । बकुल्लाको डरले एउटै डल्लो परेर आफ्नो कुरमा गुजुल्टीएका माछाहरूको खुसीको सिमा रहेन । उनीहरू स्वतन्त्र हुने भएपछी खुसीले गदगद भए । बाहिर बुकुल्लो एकखुट्टा उचालेर ध्यानमग्न थियो ।माछाहरू उन्मुक्त भएर पोखरीको छेउछेउसम्म पुगेर उफ्रन थाले, रमाउन थाले । केही बेर पछि भोको बकुल्लाले पोखरीबाट टपाटप माछा टि...

लघुकथा : 'कुतूहल'

Image
  कुतूहल ध्रुवराज थापा 'पुरुष' (काभ्रे, पनौती । हाल: कपन, काठमाडौँ) "ए हेर त, त्यहाँ को आएर बस्यो ? के पारा होला, कस्तो अचम्म !" मैले सगै बसेको साथीलाई मञ्चतर्फ सङ्केत गरे । "आयोजककै कोही आफ्नै मान्छे होला !" विपिनले भन्यो । कृति विमोचन कार्यक्रममा प्रमुख अतिथिले सम्बोधन गर्दै हुनुहुन्थ्यो । त्यो अपरिचित मान्छे कार्यक्रमकै बिचमा उद्घोषले नबोलाईकनै प्रमुख अतिथिको सिटमा गएर बसेको थियो । हलका सबै मानिस मुखामुख गर्न थाले । उद्घोषकले कृतिका सर्जक र कार्यक्रमका सभाध्यक्षलाई अपरिचित मानिसको बारेमा साउती गरेर सोध्नुभयो । उहाँहरुले अनभिज्ञता जनाउनु भयो । एकैछिन सभाहलमा कौतुहलताको वातावरण सिर्जना भयो । प्रमुख अतिथिले आफ्ना कुराहरु राख्दै हुनुहुन्थ्यो । उक्त अपरिचित व्यक्ति सानकासाथ मञ्चमा खुट्टा हल्लाएर चारैतिर हेरेर बसिरहेको थियो । आयोजकले निमन्त्रणा नगरेको मानिस ठहर भएपछि, आयोजक मध्यका एकजनाले मञ्चमै गएर उनलाई बाहिरजानको लागि इसारा गरे । सुरुमा त्यहाँबाट जान आनाकानी गरेपनि त्यो अपरिचित पछि उठेर बाहिर गयो । मलाई झन कुतूहलता बढ्यो । सभाहलबाट बाहिर निस्केर रहस्यको खोजी...

लघुकथा: 'विश्व रेकर्ड'

Image
  लघुकथा: 'विश्व रेकर्ड' https://files.fm/f/ny6tmgevgg ध्रुवराज थापा 'पुरुष' (काभ्रे, पनौती । हाल: कपन, काठमाडौँ ।) "हजुरबुबा ! हजुरबुबा ! हाम्रो देश नेपालले पनि विश्व रेकर्ड राखेछ नि !" नातिनीले दैनिक पत्रिका लिएर हजुरबुबाको छेउमा आएर सुनाईन्। "ए नातिनी, तिमी के अचम्मको कुरा सुनाउँदैछ्यौ, के कुरामा विश्व रेकर्ड राखेछ नेपालले ? ल सुनाउ सुनाउ मलाई !" हजुरबाले नातिनीलाई भने ! नातिनीले भनिन् " हजुरबुबा हाम्रा पुर्खाले अङ्ग्रेजहरूसँग घरेलु हतियारले बहादुरीका साथ लडेर विश्वमा नेपालको रेकर्ड राखेका थिए भनेर हामीले पढेका थियौ तर अहिले चाँही विश्वमै सबैभन्दा बढी ३५ दिन सार्वजनिक बिदा दिएर सरकारले विश्व रेकर्ड राखेछ, यी हेर्नुस् त यो पत्रिकामा लेखेको रहेछ !" मितिः २०८० आश्विन

लघुकथा: चक्मा

Image
  तिहार विशेष प्रतियोगी लघुकथा: चक्मा ध्रुवराज थापा 'पुरूष' (काभ्रे, पनौती । हाल: कपन, काठमाडौँ ।) "मैले तिमीहरूलाई हिजो भनेकै थिए नि, म तिमीहरूलाई सर्प्राईज तरिकाले ट्रिटमा लैजान्छु भनेर !" रिसोर्टको रात्री बसाईका क्रममा दिनेशले ह्विस्कीसँग कुखुराका फिला तान्दै भन्यो । "त्यही त बाबाले जहिले घुमाउन लैजानु भन्दा वास्ता गर्नुहुन्नथ्यो, आजभने यो मौका पाईयो । धन्यवाद छ, बाबा हजुरलाई ।" छोराले जुस पिउँदै भन्यो । श्रीमतीले थपिन्, "मलाई पनि अचम्मै लागिरहेको छ ! हजुरले हामीलाई आज एक्कासी रातबस्न यहाँ किन ल्याउनु भयो भनेर, सितिमिति घुम्नडुल्न मन पराउने मान्छे त होईन हजुर, हजुरले त हामीलाई 'चक्मा' पो दिनुभयो !" दिनशले अट्टाहस हास्दै भन्यो, "हाहाहाहाहाsss मैले आज तिमीहरूलाई मात्र होईन उनीहरूलाई पनि 'चक्मा' दिँए, तिनीहरूलाई दिने पैसा यहाँ खर्च गरेँ !" छोरीले आश्चर्य मान्दै सोधिन्, "बाबा तिनीहरू भनेको को ? अनि तिनीहरूलाई दिने पैसा...! के भन्न खोज्नु भएको मैले त केही कुरै बुझिन नि !" दिनेशले भन्यो, "आज देउसी खेल्न आउँछौ...

लघुकथा: 'क्यूआर'

Image
  लघुकथा: 'क्यूआर' ध्रुवराज थापा (काभ्रे, पनौती । हाल: कपन, काठमाडौँ ।) "ल अब बहिनी र भान्जाभान्जीलाई टीका लगाईदिनुस् मैले अक्षता र जमरा ठिक पारिसकेँ ।" माईजुले मामालाई भनिन् । " ल म आईहाले है म दक्षिणा ठीक पार्दैछु ।" मामाले भने । ल नानी भान्जाभान्जी अब टीका लगाउँ यतै बैठक कोठातिर आउनुहोला । त्यसपछि खाना खाउँला हुदैन ?" माईजुले भनिन् । त्यसपछि टीका लगाउन सबै एकठाउँमा जम्मा भए । मामाले टीका, जमरा र खाम लिएर आए । बहिनीलाई टीका लगाई आशिष् दिए । दक्षिणाको खाम पनि थमाए । अब पालो आयो भन्जाभान्जीको । मामाले भान्जाभान्जीलाई सँगसँगै टीका लगाईदिए अनि "धेरै पढ्नु, ज्ञानी हुनु, आमाले भनेको मान्नु" भनेर आशिष् पनि दिए । त्यसपछी दुबैजनालाई एकएकवटा खाम पनि दिए तर भन्जालेभन्जीले खाम लिन मानेनन् । उनीहरूले एकैचोटी खल्तीबाट क्यूआर कोड निकालेर भने, "मामा हामीलाई दक्षिणा 'क्यूआर' गरिदिनुस्, यी लिनुस् हाम्रो क्यूआर कोड !" मिति: २०८० कार्तिक ९

लघुकथा: 'आदर्श'

Image
  लघुकथा: 'आदर्श' ध्रुवराज थापा 'पुरूष' (काभ्रे, पनौती । हाल: कपन, काठमाडौँ ।) मानबहादुरलाई गाउँको भद्र भलादमी, परोपकारी, समाजसेवी आदिका रूपमा गाउँका मान्छेले मान्दै आएका थिए । दुईचार अक्षर पनि चिनेका र धन प्रशस्त भएकाले समाजमा उनको आफ्नै धाम, रवाफ र सम्मान थियो । मानबहादुरलाई 'नारी अधिकर र स्वतन्त्रता' विषयमा सम्बोधन गर्न एउटा कार्यक्रममा प्रमुख अतिथिको रूपमा निम्त्याइएको थियो । "नारी भनेकी हाम्री माता हुन्, सृष्टिकर्ता हु्न्, उनीहरूलाई हामीले सम्मन दिन जान्नुपर्छ । एउटी आमा शिक्षित भईन भने पूरै परिवार शिक्षित हुनसक्छ, तसर्थ हामीले उनीहरूलाई पुरूष सरह अधिकार र स्वतन्त्रता दिलाउने काममा दिलोज्यानले सहयोग गर्नुपर्छ ..." आदि इत्यादि प्रभावपूर्ण भाषण मानबहादुरले दिए । सभामा उपस्थित भद्रभलादमीहरू कामेखुसी गर्दै एकजनाले भने, "बुढाले त निकै तगडाको भाषण दिए ।" अर्को भन्दै थियो, "कति राम्रो भाषणशैली ! कति राम्रो उदाहरण !" यस्तै यस्तै मानबहादुरको निकै प्रशंसा भयो र बिचबिचमा खुब थपडी आयो । भाषण पछि मानबहादुर घर फर्किए । चर्किएर भाषण दिएकोले...

लघुकथा: श्रध्दाञ्जली

Image
  लघुकथा: श्रध्दाञ्जली ध्रुवराज थापा 'पुरुष' (काभ्रे, पनौती । हाल: कपन, काठमाडौँ ।) "जिउँदो मान्छेलाई श्रध्दाञ्जली लेख्ने ? कत्रो हिम्मत त्यसको ?" "होईन किन त्यत्तीकै रन्किएको, को भयो फेरि ?" श्रीमतीले सोधिन् । हिक्मतले मोबाईल देखाउँदै भने, " हेरन म सम्मानित भएको फोटोमा सवैले हार्दिक बधाई लेखेका छन्, यसले चाँही 'हार्दिक श्रध्दाञ्जली' भनेर लेखेछ !" श्रीमतीले भनिन्, " यो मान्छे हजुरकै प्रिय छात्र होईन र ? खुब सज्जन छ भन्नुहुन्थ्यो त !" "हो ! त्यसले त्यस्तो त नगर्नु पर्ने, कतै भूलवस भएछ कि, एकपटक फोन गरेर सोध्नुपर्यो ।" हिक्मतले मोबाईल थिचिहाले । उताबाट फोन पनि उठीहाल्यो । "हेलो... के को नमस्कार नि ! ए भाई किन तिमीले मेरो फोटोमा हार्दिक श्रध्दाञ्जली लेखेको ? कहिलेको रिस फेरेको बाबु तिमीले ?" हिक्मतले एक्कै सासमा भन्न भ्याए । "सर, हजुर मेरो आदर्श हुनुहुन्छ, मैले हजुर सम्मानित भएकोमा खुसीले गदगद भएर श्रद्धाको अञ्जुली अर्पण ...

लघुकथा: 'अबिरजात्रा'

Image
लघुकथा: 'अबिरजात्रा' ध्रुवराज थापा 'पुरुष' (काभ्रे, पनौती । हाल: कपन, काठमाडौँ ।) " वीर ज्याकी...जिन्दावाद ! ज्याकीको दुस्मन... मूर्दावाद ! ! यो जित कस्को ?...ज्याकीको ! !! ज्याकी कस्को ? ... जनताको !!!!" चर्को चर्को आवाजमा नारा घन्किएको थियो । मोटर साईकल र गाडीको निकैलामो लाइन र मानिसका लावालस्करका बिचमा एउटा गाडीमाथि ज्याकी दुवैहात हल्लाइ रहेको थियो । ऊ अबिर र मालाले छोपिएको थियो । भन्सामा खाना बनाउदै गरेकी आमाले सोध्नुभयो, छोरी बाहिर के को जुलुस हो, चुनाउ नै जितेजस्तो माईकको ठूलो ठूलो आवाज सुन्छु त ! चुनाउको माहोल त छैन आजभोली !" झ्यालबाट त्यो परिदृष्य नियाली रहेकी छोरीले आमालाई भनिन् "आमा त्यो बलात्कारी हत्यारा ज्याकी डन थियो नि, हो त्यो छुटेछ ! सरकारले उसलाई आम माफी दिएछ ! उसैको अबिरजात्रा हो !" छोरीको यति कुरा सुन्नासाथ आमा आँत्तिदै दौडिएर छोरीको कोठाममा आईन्, झ्याल ढ्याम्म बन्द गरेर चुक्कुल लगाईन् र छोरीलाई अँगालोमा बेरिन । मिति: २०८० असोज २२ गते