लघुकथा: 'विश्व रेकर्ड'
लघुकथा: 'विश्व रेकर्ड'
https://files.fm/f/ny6tmgevgg
(काभ्रे, पनौती । हाल: कपन, काठमाडौँ ।)
"हजुरबुबा ! हजुरबुबा ! हाम्रो देश नेपालले पनि विश्व रेकर्ड राखेछ नि !" नातिनीले दैनिक पत्रिका लिएर हजुरबुबाको छेउमा आएर सुनाईन्।
"ए नातिनी, तिमी के अचम्मको कुरा सुनाउँदैछ्यौ, के कुरामा विश्व रेकर्ड राखेछ नेपालले ? ल सुनाउ सुनाउ मलाई !" हजुरबाले नातिनीलाई भने !
नातिनीले भनिन् " हजुरबुबा हाम्रा पुर्खाले अङ्ग्रेजहरूसँग घरेलु हतियारले बहादुरीका साथ लडेर विश्वमा नेपालको रेकर्ड राखेका थिए भनेर हामीले पढेका थियौ तर अहिले चाँही विश्वमै सबैभन्दा बढी ३५ दिन सार्वजनिक बिदा दिएर सरकारले विश्व रेकर्ड राखेछ, यी हेर्नुस् त यो पत्रिकामा लेखेको रहेछ !"
मितिः २०८० आश्विन

Comments
Post a Comment