लघुकथा: 'संस्कार'
सन्दर्भ: हजुरबाआमा दिवस-२०८१
लघुकथा: 'संस्कार'
✍️ ध्रुवराज थापा 'पुरूष'
(काभ्रे, पनौती । हाल: कपन, काठमाडौँ ।)
"म धेरै चिन्तामा छु,के गर्ने होला ?"
आफ्नी नन्दलाई भाउजु गुनासो गर्दै थिईन । नन्द केही नबोली भाउजुका कुरा एक टकले सुनेरमात्र बसिन् ।
भाउजु बिलौना पोख्दै थिईन्, " आफ्नो त भाग्य नै त्यस्तै हो कि ! एउटा हुर्केको छोरो पनि राक्षसजस्तो छ ! केही बोल्नै हुन्न झम्टेर आउँछ !"
नन्दले प्रशङ्ग मोडिन्, अनि भाउजु छोरी चाही कस्ति छन् त, उनी पनि पढ्न गएकी होलिन, हैन ?"
भाउजु पोलिईन, "खै के भन्नु नानी, उसको स्वभाव पनि त्यस्तै हो, जङ्गली स्वभाव ! घरमा नयाँ मान्छे आयो भने छेउमै नपर्ने ! दुबैजना उस्तै छन्, न बोल्ने ढङ्ग छ । न काममा सघाउछन्, आफ्नै सामान ठिक ठाउँमा राखे त हुन्थ्यो !"
उनी थप्दै गईन, "अहिले त यस्ता छन्, पछि कस्ता होलान् ?"
नन्दले सान्तवना दिईन्, चिन्ता नगर्नुस् न भाउजु, उमेर बढ्दै गएपछि सिक्दै जान्छन् नि !"
"हुने विरूवाको चिल्लो पात, नहुने विरूवाको खस्रो पात ! यस्तै पाराले के होला र खै ? तपाईँका छोराछोरी कति असल छन्, कति राम्रो संस्कार सिकेका छन्, अनुशासित पनि छन्, आँखामा हाले पनि नबिझाउने जस्ता ! आफ्नो त कर्म नै त्यस्तो हो कि ?" भाउजुले अन्तर्वेदनाको गाँठो खोलिन् ।
"कर्म त्यस्तो होईन भाउजु तपाईँको व्यवहार त्यस्तो !" नन्दले पेच हानिन् ।
"मेरो व्यवहार त्यस्तो ! के गरेको छु र मैले ? छोराछोरीले संस्कार नसिक्नुमा मेरो व्यवहार ? अहँ मैले कुरा बुझिन, के भन्न खोज्नु भएको नानी तपाईँले ?" भाउजुले आश्चर्य व्यक्त गरिन् ।
नन्दले कुरा खुलस्त पारिन्, हो आज मेरा छोराछोरी संस्कारीत हुनुमा उनीहरूका हजुरबा र हजुरआमाको हात छ, खै तपाईँले आफ्ना छोराछोरीका हजुरबा र हजुरआमालाई आफ्नो साथमा राख्न सक्नु भएन त ! अहिले पछुताएर के गर्नुहुन्छ ?"
२०८१ मंसिर २७
Comments
Post a Comment