Posts
Showing posts from November, 2023
लघुकथा: 'उचित सम्मान'
- Get link
- X
- Other Apps
लघुकथा: 'उचित सम्मान' ✍️ ध्रुवराज थापा 'पुरूष' (काभ्रे, पनौती । हाल: कपन, काठमाडौँ ।) "यहाँहरूले गरेको यो सम्मान म कहिल्यै भूल्ने छैन ।आगामी दिनमा पनि म देस र जनताका लागि यसै गरी खटिरहने छु ।" गलाभरी माला भिरेर नेताजी भाषण छाँट्दै थिए ।उनी फुरूङ्ग परेर उपस्थितलाई सम्बोधन गर्दै थिए । कार्यक्रममा उपस्थितध्ये एकजना सहभागी सँगैका अर्का सहभागीलाई भन्दैथिए, "होईन यो भ्रष्ट नेतालाई यी युवाहरूले के खान सम्मान गरेका हुन् ? विकासका बजेट जति सबै आफैँले झ्वाम पार्छन्, यस्तालाई पनि सम्मान ? कालो मोसो दलेर नगर परिक्रमा गराउन लाएक छ यो नेता त !" यत्तीकैमा नेताले पनि आफ्ना भनाई टुङ्ग्याए । कार्यक्रमको संयोजक जुझारू युवा 'बिष्फोट'ले भने, "हामी यस्ता होनहार नेतालाई सम्मान गर्न पाउँदा ज्यादै खुसी छौँ । हामीलाई आफ्नो अमूल्य समय उपलब्ध गराउनु भएकोमा नेताज्यूलाई हार्दिक धन्यवाद दिन चाहन्छौँ । हाम्रा नेताजी जस्तै राम्रो काम गर्ने नेतालाई हामीले प्रत्येक वर्ष आजका दिन जस्तै यमपन्चकको दोस्रो दिन फूलमाला लगाएर सम्मान गर्ने घोषणा गरेका छौँ ।" नेता लाजले रातोप...
लघुकथा: `अख्तियार´
- Get link
- X
- Other Apps
लघुकथा: `अख्तियार´ ✍️ ध्रुवराज थापा माईला दाइको पसलमा चिया पिएर गफिंदै गरेको बेला होमनाथले सोध्यो- "साँच्चै, हाम्रो पुरानो साथी राकेश आजभोली कता छ कुन्नी ! धेरै भयो भेटघाटै छैन, तिमीलाई केही थाहा छ त उस्को बारेमा ?" "ए, तिमीलाई राकेशको बारेमा थाहा छैन र ?" होमनाथको कुरा सुनेर टंकले जवाफ फर्कायो । हतारिंदै होमनाथले पुन: प्रश्न तेर्सायो "किन ? के भो र ?" "उ त अहिले अख्तियारमा पो पुगेको छ त !" टंकले सुनायो । "ए हो र ? अहिले अख्तियारमा पो छ त्यो ? मलाई त उहिल्यै लागेको थियो त्यो एकदिन अवश्य त्यहाँ पुग्छ भनेर ! सानो काम पनि घुस नखाई फिटिक्कै नगर्ने, त्यसलाई मैले साथीको नाताले एउटा सानो काम गरिदिन भन्दा मसंग पनि घुमाउरो पाराले पैसा खान खोज्यो ।खरदारको जागिरे, तर काठमाडौँमा दुईवटा घर, गाडी, छोराछोरी महङ्गा स्कूलमा ! बा बा बा कम्ति मस्ति गरेको थियो र त्यसले ? पाप धुरीबाट कराउँछ भन्थे, हो रहेछ ! बल्ल आँखा खुल्यो होला अब त्यसको !" होमनाथले एकै सासमा यतिकुरा भन्न भ्यायो । "तिमीले भनेको कुरा त ठीकै हो, तर राकेश समातिएर हैन उसको बढुवा भयो...
लघुकथा: गर्भाधान
- Get link
- X
- Other Apps
लघुकथा: गर्भाधान ✍️ ध्रुवराज थापा 'पुरूष' (काभ्रे, पनौती । हाल: कपन, काठमाडौँ ) "ल भन तैँले कसको भूँडी बोकिस् ? आज सबैका सामु यो कुरा बताउनै पर्छ । तेरो पेटको बच्चाको बाउ को हो ? लाज नभएकी नकचरी, हाम्रो इज्जत माटोमा मिलाईस् हैन तैंले !" सासुले सबैका सामू बुहारीलाई केराउदै थिइन् ।पन्चभेलामा उपस्थित सबै मुखामुख गरिरहेका थिए । बुहारीले सासुलाई जवाफ दिंदै भनिन्, "यो गर्भ तपाईँकै छोराको हो, किन ढाँट्नु पर्छ र मैले ? बुहारीको जवाफले अझै क्रोधित हुँदै सासुले भन्न लागिन् "अझै बकबक गर्छेस् अलच्छिनी ! कुन मुखले भन्न सकेकी हँ ? मलाई थाहा छैन र मेरो छोरा विदेश गएको दुईबर्ष भयो भन्ने कुरा !" पञ्च भलाद्मीमध्ये एक बयोवृद्धले भने "यी मास्टरनी नानी ज्यादै सोझी पो थिइन त ! गाउँका केटाकेटीलाई राम्रैसँग पढाउँथिन् । मिसले हामीलाई राम्रा राम्रा कुरा सिकाउनुहुन्छ भन्थे केटाकेटीहरु पनि ! कसरी यस्तो भयो ? तिम्रा कुरा हामीले कसरी पत्याउने मास्टर्नी नानी ?" बुहारीले यसपल्ट पनि आफ्नो अडान छाडिनन् र भनिन् "मेरो पेटमा हुर्कदै गरेको गर्भ मेरै पतिको हो ! साँचो कुरा...
लघुकथा: 'उचित सम्मान'
- Get link
- X
- Other Apps
लघुकथा: 'उचित सम्मान' ✍️ ध्रुवराज थापा 'पुरूष' (काभ्रे, पनौती । हाल: कपन, काठमाडौँ ।) "यहाँहरूले गरेको यो सम्मान म कहिल्यै भूल्ने छैन ।आगामी दिनमा पनि म देस र जनताका लागि यसै गरी खटिरहने छु ।" गलाभरी माला भिरेर नेताजी भाषण छाँट्दै थिए ।उनी फुरूङ्ग परेर उपस्थितलाई सम्बोधन गर्दै थिए । कार्यक्रममा उपस्थितध्ये एकजना सहभागी सँगैका अर्का सहभागीलाई भन्दैथिए, "होईन यो भ्रष्ट नेतालाई यी युवाहरूले के खान सम्मान गरेका हुन् ? विकासका बजेट जति सबै आफैँले झ्वाम पार्छन्, यस्तालाई पनि सम्मान ? कालो मोसो दलेर नगर परिक्रमा गराउन लाएक छ यो नेता त !" यत्तीकैमा नेताले पनि आफ्ना भनाई टुङ्ग्याए । कार्यक्रमको संयोजक जुझारू युवा 'बिष्फोट'ले भने, "हामी यस्ता होनहार नेतालाई सम्मान गर्न पाउँदा ज्यादै खुसी छौँ । हामीलाई आफ्नो अमूल्य समय उपलब्ध गराउनु भएकोमा नेताज्यूलाई हार्दिक धन्यवाद दिन चाहन्छौँ । हाम्रा नेताजी जस्तै राम्रो काम गर्ने नेतालाई हामीले प्रत्येक वर्ष आजका दिन जस्तै यमपन्चकको दोस्रो दिन फूलमाला लगाएर सम्मान गर्ने घोषणा गरेका छौँ ।" नेता लाजले रातो...
लघुकथा: 'अचाक्ली'
- Get link
- X
- Other Apps
लघुकथा : ' अचाक्ली ' ✍️ ध्रुवराज थापा ' पुरूष ' ( काभ्रे , पनौती । हाल : कपन , काठमाडौँ । ) " आज अर्कै बाटो भएर जानुस् है , चारकुने भएर नजानुस् । " अप्सराले भनिन् । " ल ल मेरो चिन्ता गर्नुपर्दैन आफूराम्रोसँग बस्नु , म गएँ " भन्दै महेश आफ्नो सवारी लिएर कार्यालय तिर लाग्यो । चारकुनेमा प्रदर्शनकारीको ठूलोजमघट थियो ।नाराबाजी भैरहेको थियो । सुरक्षाकर्मीको भिडले महेशलाई घेरे । " म आन्दोलनकारी होईन , तपाईँहरू मलाई किन रोक्दै हुनुहुन्छ ?" महेशले भन्यो । टेलिभिजनको प्रत्यक्ष प्रशारणमा यो दृष्य अप्सराले पनि हेर्दै ...
लघुकथा: पीडा
- Get link
- X
- Other Apps
लघुकथा प्रतिष्ठानको दोस्रो बार्षिकोत्सवको अवसरमा हार्दिक मंगलमय शुभकामना तथ उत्तरोत्तर प्रगतिको कामना सहित बुढ्यौली विषयक प्रतियोगी लघुकथा: 'पीडा' ✍️ ध्रुवराज थापा 'पुरूष' (काभ्रे, पनौती । हाल: कपन, काठमाडौँ ।) "हजुरबुबा किन हजुर जहिले पनि सिरानीमाथि भित्तामा रहेको शिवजीको फोटोलाई हेर्दै हे शिव, मलाई छिट्टै लैजाउ मात्र भन्नुहुन्छ ? मैले धेरैपल्ट यो कुरा सुनिसकेँ ! किन यस्तो कुरा गर्नुभएको हजुरबुबा ?" नातिले हजुरबुबालाई प्रश्न गरे । "अब मलाई बाँच्ने मन छैन बाबु, कस्को लागि बाँच्नु ? तेरो हजुरआमाले छोडेर गएको पनि यतिका वर्ष भैसक्यो ।" उनले थपे "मिठो खाने, राम्रो लगाउने, नयाँनयाँ ठाउँमा घुम्न जाने उमेरमा तिम्रो बाउको स्याहार सम्भार गर्दैमा ठिक्क भो ! पछि छोराले सबै चाहना पूरा गरिहाल्छ नि भनेर ढुक्क भईयो ! आफ्ना ईच्छा चाहानाहरू सबै दबाएर छोराछोरीको खुसीसङ्ग साटियो । छोरा बुढेसकालमा सहारा बन्ला भनेको अहिले पहेलित भएर बाँच्नु परेको छ बाबु !" हजुरबुबाले गुनासो पोखे । "हजुरबुबा त्यस्तो कुरा नगर्नुस् अहिले त मैले पनि जागिर खाएको छु । पह...
लघुकथा: 'एक मुठ्ठी तोरी'
- Get link
- X
- Other Apps
लघुकथा : ' एक मुठ्ठी तोरी ' ✍️ ध्रुवराज थापा ( काभ्रे , पनौती । हाल : कपन , काठमाडौँ । ) धेरै वर्षपछि मामाघरको बुढी हजुरआमासँग टीका लगाउने अवसर जुर्यो । प्रत्येक वर्ष विविध कारणले भेटघाटको प्रबन्ध मिलेको थिएन । बुढी हजुरआमाले हात कमाउँदै थरथर कापेको आवाजमा मेरो निधारमा रातो अक्षता निधारमा टास्दै आशिक दिनुभयो , " माता नवदुर्गा भवानीको आशिर्वाद सधै मिलि रहोस् बाबु , तिमीले आँटेको र चिताएको कुरा सबै पूरा होस् । ' एक मुठ्ठी तोरी ' को जति तिम्रो आयु होस् । " यति भन्दै हजुरआमाले मेरो कानमा जमरा ...
लघुकथा: प्राथमिकता
- Get link
- X
- Other Apps
लघुकथा : ' प्राथमिकता ' ✍️ ध्रुवराज थापा ( काभ्रे , पनौती । हाल : कपन , काठमाडौँ । ) एउटा साँघुरो चौबाटो ।एक्कैपटक चारैतिरबाट आएका सवारी साधनको भेट भयो । एकातर्फ बाटोबाट छटपटाई रहेको बिरामी बोकेर एउटा एम्बुलेन्स साईरन बजाएर साईड माग्दै थियो भने अर्को बाटोबाट आपत्कालिन हर्न बजाउदै दमकलले बाटो माग्दै थियो । त्यति नै खेर अर्को बाटोमा साईरन बजाउदै झण्डा हल्लाउदै मन्त्रीजीको सवारी भएको थियो । चौंथो बाटोबाट प्रहरीको गाडी पनि साईरन बजाउदै आईपुग्यो । सबै पहिला आफू अगाडी बढ्न आतुर देखिन्थे । त्यतिकैमा गा...