लघुकथा: प्राथमिकता
लघुकथा: 'प्राथमिकता'
✍️ ध्रुवराज थापा
(काभ्रे, पनौती । हाल: कपन, काठमाडौँ ।)
एउटा साँघुरो चौबाटो ।एक्कैपटक चारैतिरबाट आएका सवारी साधनको भेट भयो । एकातर्फ बाटोबाट छटपटाई रहेकोबिरामी बोकेर एउटा एम्बुलेन्स साईरन बजाएर साईड माग्दै थियो भने अर्को बाटोबाट आपत्कालिन हर्न बजाउदैदमकलले बाटो माग्दै थियो । त्यति नै खेर अर्को बाटोमा साईरन बजाउदै झण्डा हल्लाउदै मन्त्रीजीको सवारी भएकोथियो । चौंथो बाटोबाट प्रहरीको गाडी पनि साईरन बजाउदै आईपुग्यो । सबै पहिला आफू अगाडी बढ्न आतुर देखिन्थे।
त्यतिकैमा गाडीबाट प्रहरीहरू ओर्लिए । एक जना प्रहरीले एम्बुलेन्सको चालकलाई थर्काए, "कस्तो हतार गरेको ? देखेको छैन यहाँ मन्त्रीजीको सवारी भएको, पख्नुस् एकछिन !" अर्का प्रहरीले दमकलका चालकको सातो खाए, "केको प्याँ प्याँ र पुँ पुँ हो ? यहाँ मन्त्री फस्नु भएको देखेको छैन ? पहिला वहाँको गाडिलाई साईड दिनुस् ।"
बाटो अत्यन्त साँघुरो भएकाले प्रहरीलाई साईड मिलाउन हम्मेहम्मे पर्यो । केहि समय लागाएर साईड मिलाए ।त्यसपछि बल्लबल्ल प्रहरीहरू मिलेर मन्त्रीको गाडीलाई प्रथमिकता दिएर पास गराए त्यसपछि उनीहरू आफ्नो बाटोलागे ।
यतिन्जेल सम्म सिकिस्त विरामीले प्राण छोडिसकेको थियो । अस्पताल जानुपर्ने एम्बुलेन्स आर्यघाट तिर मोडियो ।त्यसपछि दमकल भने आगलागि भएको स्थानतिर लाग्यो।
एत्तिकैमा एम्बुलेन्स चालकलाई फोन आयो, "ल तपाईँ छिट्टै आगलागी भएको ठाउँमा आउनु पर्यो, दमकल ढिलाभएकोले यहाँ धेरै मानिस् जलेर घाईते भएका छन् !"
मितिः २०८० कार्तिक ७
Comments
Post a Comment