लघुकथा : अल्पज्ञता ✍️ ध्रुवराज थापा ' पुरूष ' ( काभ्रे , पनौती , हालः कपन , काठमाडौँ ) सबै जना जर्याक्जुरूक उठे । राष्ट्रिय गान बज्यो ! उपस्थित सबैले एकसाथ लोलीमा लोली मिलाउँदै राष्ट्रिय गान गाए । मन्चमा अनौठो दृष्य देखियो ! प्रमुखअतिथि मन्त्रीले– राष्ट्रिय गान गाउँदा एउटा हात छातिमा राखेका चूपचाप उभिएका थिए । विशेष अतिथिले– शिर निहुराएका थिए । अर्का अतिथिले आकाश–पाताल, दायाँ बाँया टाउको घुमाउँदै राष्ट्रिय गान गाए । कार्यव्रmमका सभापतिले दुई हात पछाडि राखेर गाउँदै थिए । त्यसैगरी दर्शक दीर्घामा हेरिनसक्नु थियो । सबैको आ–आफ्नै ताल थियो । राष्ट्रिय गान सकियो । सबैजना आ–आफ्नो स्थानमा बसे । दर्शक दीर्घाबाट एकजना सहभागी चिच्याए, “नियमापत्ति ! नियमापत्ति !!” उद्घोषकले सोधे, “के को नियमापत्ति ? तपाईँ शान्तसङ्ग आफ्नो स्थानमा बस्नुहोस् ।” उनी फेरि चिच्याए, “नियमापत्ति ! मलाई एकमिनेट बोल्न दिनुहोस् !” कार्यक्रमको माहोल बिग्रने देखेर सभापतिले उक्त व्यक्तिलाई बोल्न दिन उद्घोषकलाई सङ्केत गरे । “ल आउनुहोस्, तपाईँको कुरा के हो ...