Posts

कृति समीक्षा: 'सपनाको पहाड'

 1. https://ekhabarnet.com/literature/21178/?fbclid=IwY2xjawID1_RleHRuA2FlbQIxMQABHYSVHYWN3i2nDYvrqhzVoYVrdrTGRNII5jmc5q5ebVn6LBIWnH4g4LPbtg_aem_vGAeBUTQbGMDxIGg2rq93w     Murari Raj Mishra 2. https://sahityapost.com/author/dhirkumar-sahityapost2020gmail-com/        Dheer Kumar Shrestha 3. https://ehimalayatimes.com/2025/01/303854/     Ranta Prajapati

लघुकथा: अल्पज्ञता

Image
  लघुकथा :  अल्पज्ञता ✍️   ध्रुवराज   थापा  ' पुरूष ' ( काभ्रे ,  पनौती ,  हालः   कपन ,  काठमाडौँ ) सबै जना जर्याक्जुरूक उठे । राष्ट्रिय गान बज्यो !  उपस्थित सबैले एकसाथ लोलीमा लोली मिलाउँदै राष्ट्रिय गान गाए । मन्चमा अनौठो दृष्य देखियो ! प्रमुखअतिथि मन्त्रीले– राष्ट्रिय गान गाउँदा एउटा हात छातिमा राखेका चूपचाप उभिएका थिए । विशेष अतिथिले– शिर निहुराएका थिए । अर्का अतिथिले आकाश–पाताल, दायाँ बाँया टाउको घुमाउँदै राष्ट्रिय गान गाए । कार्यव्रmमका सभापतिले दुई हात पछाडि राखेर गाउँदै थिए । त्यसैगरी दर्शक दीर्घामा हेरिनसक्नु थियो । सबैको आ–आफ्नै ताल थियो । राष्ट्रिय गान सकियो । सबैजना आ–आफ्नो स्थानमा बसे । दर्शक दीर्घाबाट एकजना सहभागी चिच्याए,  “नियमापत्ति ! नियमापत्ति !!” उद्घोषकले सोधे, “के को नियमापत्ति ? तपाईँ शान्तसङ्ग आफ्नो स्थानमा बस्नुहोस् ।” उनी फेरि चिच्याए, “नियमापत्ति ! मलाई एकमिनेट बोल्न दिनुहोस् !” कार्यक्रमको माहोल बिग्रने देखेर सभापतिले उक्त व्यक्तिलाई बोल्न दिन उद्घोषकलाई सङ्केत गरे ।  “ल आउनुहोस्, तपाईँको कुरा के हो ...

लघुकथा: जाडोको ओखती

लघुकथा :  जाडोको   ओखती ✍️   ध्रुवराज   थापा  ' पुरूष ' ( काभ्रे ,  पनौती ,  हाल :  कपन ,  काठमाडौँ   । " आत्थुथु ...!  यो   जाडोले   पनि   मार्ने   भयो   यार  !"  बिहान   आठबजे   सिरकभित्र   गुटुमुटु   पर्दै   मनिष   क्यानाडामा   रहेको   आफ्नो   साथीसङ्ग   भिडियो   कलमा   बात   मार्दै   थियो   । रमेशले   उताबाट   सोध्यो , " हो   र   त्यस्तो   जाडो   छ   अहिले   नेपालमा  ?  त्यही   जाडोको   खवर   सुनाउन   कल   गरेको   मलाई  ?"  ऊ   जिस्कियो   । " आम्मामा  ...!  तँ   यहाँ   भएको   भए   थाहा   पाउँथिस् ,  कस्तो   जाडो   छ   भनेर  !  उठेर   मुखधुन   जान   त   सकेको   छैन   ।तँ   चैँ   त्यहाँ के   गर्दैछस्   नि  ...

लघुकथा: 'महत्त्वाकाङ्क्षा'

  लघुकथा : ' महत्त्वाकाङ्क्षा '  ✍️   ध्रुवराज   थापा  ' पुरूष ' ( काभ्रे ,  पनौती   ।   हाल :  कपन ,  काठमाडौँ   । ) मोबाईल :  ९८४१३४२९७२,  इमेल : dhrubaraj70@gmail.com " डाँडाघरे   साईँलीको   बिहे   भएछ   नि   थाहा   तपाईँले   केही   थाहा   पाउनु   भयो  ?"  श्रीमतीले   पतिलाई   जिज्ञासा   राखिन्   । " नचाहीने   कुरा  !  उसको   बाउ   मेरो   मिल्ने   साथी   हो   ।   बिहे   हो   भने   मलाई   थाहा   हुदैन  ?  छोरी   जसरी   पनि   विदेश   जान्छु   भनेर तम्सिएकी   छ   रे  !  कताको   बिहे   हुन्छ  ?"  शंकरले   अविश्वास   प्रकट   गरे   । उनले   प्रश्न   तेर्साए , "  बिहे   भएको   भए   को   सङ्ग   भएको   रहेछ   त  ?"   " ...

लघुकथा: 'संस्कार'

 सन्दर्भ: हजुरबाआमा दिवस-२०८१ लघुकथा: 'संस्कार'  ✍️ ध्रुवराज थापा 'पुरूष' (काभ्रे, पनौती । हाल: कपन, काठमाडौँ ।) "म धेरै चिन्तामा छु,के गर्ने होला ?" आफ्नी नन्दलाई भाउजु गुनासो गर्दै थिईन । नन्द केही नबोली भाउजुका कुरा एक टकले सुनेरमात्र बसिन् । भाउजु बिलौना पोख्दै थिईन्, " आफ्नो त भाग्य नै त्यस्तै हो कि !  एउटा हुर्केको छोरो पनि राक्षसजस्तो छ ! केही बोल्नै हुन्न झम्टेर आउँछ !" नन्दले प्रशङ्ग मोडिन्, अनि भाउजु छोरी चाही कस्ति छन् त, उनी पनि पढ्न गएकी होलिन, हैन ?" भाउजु पोलिईन, "खै के भन्नु नानी, उसको स्वभाव पनि त्यस्तै हो, जङ्गली स्वभाव ! घरमा नयाँ मान्छे आयो भने छेउमै नपर्ने ! दुबैजना उस्तै छन्, न बोल्ने ढङ्ग छ । न काममा सघाउछन्, आफ्नै सामान ठिक ठाउँमा राखे त हुन्थ्यो !" उनी थप्दै गईन, "अहिले त यस्ता छन्, पछि कस्ता होलान् ?" नन्दले सान्तवना दिईन्, चिन्ता नगर्नुस् न भाउजु, उमेर बढ्दै गएपछि सिक्दै जान्छन् नि !" "हुने विरूवाको चिल्लो पात, नहुने विरूवाको खस्रो पात ! यस्तै पाराले के होला र खै ? तपाईँका छोराछोरी कति असल...