लघुकथा: 'उचित सम्मान'
लघुकथा: 'उचित सम्मान'
✍️ ध्रुवराज थापा 'पुरूष'
(काभ्रे, पनौती । हाल: कपन, काठमाडौँ ।)
"यहाँहरूले गरेको यो सम्मान म कहिल्यै भूल्ने छैन ।आगामी दिनमा पनि म देस र जनताका लागि यसै गरी खटिरहने छु ।" गलाभरी माला भिरेर नेताजी भाषण छाँट्दै थिए ।उनी फुरूङ्ग परेर उपस्थितलाई सम्बोधन गर्दै थिए ।
कार्यक्रममा उपस्थितध्ये एकजना सहभागी सँगैका अर्का सहभागीलाई भन्दैथिए, "होईन यो भ्रष्ट नेतालाई यी युवाहरूले के खान सम्मान गरेका हुन् ? विकासका बजेट जति सबै आफैँले झ्वाम पार्छन्, यस्तालाई पनि सम्मान ? कालो मोसो दलेर नगर परिक्रमा गराउन लाएक छ यो नेता त !" यत्तीकैमा नेताले पनि आफ्ना भनाई टुङ्ग्याए ।
कार्यक्रमको संयोजक जुझारू युवा 'बिष्फोट'ले भने, "हामी यस्ता होनहार नेतालाई सम्मान गर्न पाउँदा ज्यादै खुसी छौँ । हामीलाई आफ्नो अमूल्य समय उपलब्ध गराउनु भएकोमा नेताज्यूलाई हार्दिक धन्यवाद दिन चाहन्छौँ । हाम्रा नेताजी जस्तै राम्रो काम गर्ने नेतालाई हामीले प्रत्येक वर्ष आजका दिन जस्तै यमपन्चकको दोस्रो दिन फूलमाला लगाएर सम्मान गर्ने घोषणा गरेका छौँ ।" नेता लाजले रातोपिरो भए । सबैले गडगडाट ताली बजाए ।
कार्तिक २६, २०८०

Comments
Post a Comment