लघुकथा: 'अचाक्ली'
लघुकथा: 'अचाक्ली'
✍️ ध्रुवराज थापा 'पुरूष'
(काभ्रे, पनौती । हाल: कपन, काठमाडौँ ।)
"आज अर्कै बाटो भएर जानुस् है, चारकुने भएर नजानुस् ।"अप्सराले भनिन् । "ल ल मेरो चिन्ता गर्नुपर्दैन आफूराम्रोसँगबस्नु, म गएँ" भन्दै महेश आफ्नो सवारी लिएर कार्यालय तिर लाग्यो ।
चारकुनेमा प्रदर्शनकारीको ठूलोजमघट थियो ।नाराबाजी भैरहेको थियो । सुरक्षाकर्मीको भिडले महेशलाई घेरे । "मआन्दोलनकारी होईन, तपाईँहरू मलाई किन रोक्दै हुनुहुन्छ ?"महेशले भन्यो ।
टेलिभिजनको प्रत्यक्ष प्रशारणमा यो दृष्य अप्सराले पनि हेर्दै थिईन, उनी आत्तिएकी थिईन् । सन्चारकर्मी लाईभ गर्दैथिए ।
"म अफिस जान हिडेको मलाई जान दिनुस् । महेशले भन्यो । "दौरा सुरूवाल, टोपी अनि गाडीमा नेपालको झण्डा छ, यो के हो ?" सुरक्षाकर्मीको खरो प्रश्न थियो । "राष्ट्रिय पोशाक लगाउनु अपराध हो ? आफ्नो देशको झण्डाको मायागर्नु पाप हो ?" भन्दै महेशले आफ्नो परिचयपत्र पनि देखायो। सुरक्षाकर्मीले उनको कुरा सुनेन् । उनीहरूले महेशलाईझ्याइँकुटी पार्दै आफ्नो गाडीमा हालेर हुईँके ।



Comments
Post a Comment