लघुकथा: 'एक मुठ्ठी तोरी'
लघुकथा: 'एक मुठ्ठी तोरी'
✍️ ध्रुवराज थापा
(काभ्रे, पनौती । हाल: कपन, काठमाडौँ ।)
धेरै वर्षपछि मामाघरको बुढी हजुरआमासँग टीका लगाउने अवसर जुर्यो । प्रत्येक वर्ष विविध कारणले भेटघाटकोप्रबन्ध मिलेको थिएन ।
बुढी हजुरआमाले हात कमाउँदै थरथर कापेको आवाजमा मेरो निधारमा रातो अक्षता निधारमा टास्दै आशिक दिनुभयो, "माता नवदुर्गा भवानीको आशिर्वाद सधै मिलि रहोस् बाबु, तिमीले आँटेको र चिताएको कुरा सबै पूरा होस् । 'एक मुठ्ठीतोरी'को जति तिम्रो आयु होस् ।" यति भन्दै हजुरआमाले मेरो कानमा जमरा सिउरि दिनुभयो ।
अरूकुरा सबै ठिक थियो तर मेरो मनमा एउटा कुरा खेलीरह्यो । 'किन हजुरआमाले मेरो आयु एक मुठ्ठी तोरी जति होस्भन्नुभयो होला ? किन एक मुरी नभनेर एक मुठ्ठी भनेको होला भनेर खल्लो लाग्यो ।मनमा कुरा खेलिराख्यो ।
घर फर्केपछि मैले एक मुठ्ठी तोरी झिकेर हेरेँ । त्यसपछि तोरीका गेडा एकएक गरेर गन्न थालेँ । एकजार गेडा बल्लतल्लगनेँ । त्यसपछि गन्ने हिम्मत भएन किनकी दशौँगुणा अझै गन्न बाँकी थियो । त्यसपछि मलाई थाहा भयो । हजुरआमाले'एक मुठ्ठी तोरी' बराबर आयु होस् भनेको हजारौँ हजार वर्ष आयु होस् भनेको रहेछ ।
Comments
Post a Comment