लघुकथा: 'एक मुठ्ठी तोरी'

 लघुकथा: 'एक मुठ्ठी तोरी'

✍️ ध्रुवराज थापा 

(काभ्रेपनौती  हालकपनकाठमाडौँ )

धेरै वर्षपछि मामाघरको बुढी हजुरआमासँग  टीका लगाउने अवसर जुर्यो  प्रत्येक वर्ष विविध कारणले भेटघाटकोप्रबन्ध मिलेको थिएन 

बुढी हजुरआमाले हात कमाउँदै थरथर कापेको आवाजमा मेरो निधारमा रातो अक्षता निधारमा टास्दै आशिक दिनुभयो, "माता नवदुर्गा भवानीको आशिर्वाद सधै मिलि रहोस् बाबुतिमीले आँटेको  चिताएको कुरा सबै पूरा होस्  'एक मुठ्ठीतोरी'को जति तिम्रो आयु होस् यति भन्दै हजुरआमाले मेरो कानमा जमरा सिउरि दिनुभयो  

अरूकुरा सबै ठिक थियो तर मेरो मनमा एउटा कुरा खेलीरह्यो  'किन हजुरआमाले मेरो आयु एक मुठ्ठी तोरी जति होस्भन्नुभयो होला ? किन एक मुरी नभनेर एक मुठ्ठी भनेको होला भनेर खल्लो लाग्यो ।मनमा कुरा खेलिराख्यो 

घर फर्केपछि मैले एक मुठ्ठी तोरी झिकेर हेरेँ  त्यसपछि तोरीका गेडा एकएक गरेर गन्न थालेँ  एकजार गेडा बल्लतल्लगनेँ  त्यसपछि गन्ने हिम्मत भएन किनकी दशौँगुणा अझै गन्न बाँकी थियो  त्यसपछि मलाई थाहा भयो  हजुरआमाले'एक मुठ्ठी तोरीबराबर आयु होस् भनेको हजारौँ हजार वर्ष आयु होस् भनेको रहेछ 


Comments

Popular posts from this blog

लघुकथा: 'संस्कार'

लघुकथा: 'महत्त्वाकाङ्क्षा'