लघुकथा: दोषी को ?
लघुकथा: दोषी को ?
आज म बाटोमा हिँड्दै थिएँ । म भन्दा अघिअघि दुईजना युवाहरु गफ गर्दै हिँड्दै थिए । ति दुबैजना सामान्य परिवारका जस्ता देखिन्थे । दुबैजनाको बोलाइको लबज र हिँडाइको पारा देख्दा यीनीहरुमा नसा चढेको भान हुन्थ्यो । नसाचाँही कुन चढ्यो म भन्न सक्दिन । मादक पदार्थ अथवा लागूपदार्थ त्यस्तै केहि हुनुपर्छ खुट्टा र बोली दुबै अलिअलि लरबराएका थिए ।
नजिकै भएकोले उनीहरुको कुराकानी मैले फ्याट्ट सुनिहाले । एउटा भन्दै थियो, आज क्या ल्याङ् भयो । अर्कोले भन्यो, के भयो यार त्यस्तो ? पहिलो ले जवाफ दियो, मेरो बाउले मलाई गाली दिएको नि, मैले पनि ग्याँसको सिसलण्डर नै उठाएर हान्न गएँ, अनिमात्र बाउ चुप लाग्यो । आफ्नो बहादुरी साथीलाई सुनाउँदै थियो । उ थप्दै थियो, मेरो केही गल्ती नै छैन, त्यातिकै किचकिचमात्र गर्छ मेरो बाउ बुढो । उनीहरुका यी कुरा सुनेपछि मैले आफ्नो हिँडाईको चाललाई मत्थर पारेँ र उनीहरुका कुरा तर्फ कान ठाडा पारेँ । दोस्रो साथी भन्दै थियो, मेरो त आमामात्रै छन्, मत जति गाली गरेपनि आमालाई हान्न जान्न, सुनेरमात्र बस्छु ।
मैले उनीहरुको कुरामा ध्यान दिएको जस्तो लागेर होला मलाई हेर्दै उनीहरु एकछिन बाटोमै उभिइ राखे, मैले आफ्नो बाटो तताएँ । तर मेरो मनमा खुल्दुली चलीराख्यो । ति भविष्यका कर्णाधार युवाहरु जो आफ्ना बाबुआमा प्रति दुस्मनको व्यवहार गर्छ । आफु दुब्यसनमा लठ्ठ छ आफ्नो गल्ती देख्दैन । पढेलेखेका युवाहरु देशमा बस्न चाहदैनन् । अलिअलि पढेका साउदी, कतार, मलेशिया लगायतका देशमा पुगेका छन् । यता भएका युवाको हालत यस्तो छ ? आखिर दोषी को ?
(मिति: २०८० श्रावण)
Comments
Post a Comment