लघुकथा: 'अबिरजात्रा'

लघुकथा: 'अबिरजात्रा'
✍️ ध्रुवराज थापा 'पुरुष'
(काभ्रे, पनौती । हाल: कपन, काठमाडौँ ।)
" वीर ज्याकी...जिन्दावाद ! ज्याकीको दुस्मन... मूर्दावाद ! ! यो जित कस्को ?...ज्याकीको ! !! ज्याकी कस्को ? ... जनताको !!!!"
चर्को चर्को आवाजमा नारा घन्किएको थियो । मोटर साईकल र गाडीको निकैलामो लाइन र मानिसका लावालस्करका बिचमा एउटा गाडीमाथि ज्याकी दुवैहात हल्लाइ रहेको थियो । ऊ अबिर र मालाले छोपिएको थियो ।
भन्सामा खाना बनाउदै गरेकी आमाले सोध्नुभयो, छोरी बाहिर के को जुलुस हो, चुनाउ नै जितेजस्तो माईकको ठूलो ठूलो आवाज सुन्छु त ! चुनाउको माहोल त छैन आजभोली !"
झ्यालबाट त्यो परिदृष्य नियाली रहेकी छोरीले आमालाई भनिन् "आमा त्यो बलात्कारी हत्यारा ज्याकी डन थियो नि, हो त्यो छुटेछ ! सरकारले उसलाई आम माफी दिएछ ! उसैको अबिरजात्रा हो !"
छोरीको यति कुरा सुन्नासाथ आमा आँत्तिदै दौडिएर छोरीको कोठाममा आईन्, झ्याल ढ्याम्म बन्द गरेर चुक्कुल लगाईन् र छोरीलाई अँगालोमा बेरिन ।
मिति: २०८० असोज २२ गते

Comments

Popular posts from this blog

लघुकथा: 'संस्कार'

लघुकथा: 'महत्त्वाकाङ्क्षा'