लघुकथा: 'ट्याटू'

https://sahityapost.com/aakhyan/short-story-aakhyan/141693/

लघुकथा: 'ट्याटू'

✍️ ध्रुवराज थापा 'पुरुष'
(काभ्रे, पनौती । हाल: कपन, काठमाडौँ)
"ओई हेर त मेरो ट्याटू कस्तो देखिएको छ ?" रियाले टीसर्ट तन्काएर आफ्नो स्तन माथि 'माई लभ' लेखिएको ट्याटू क्रिष्टिनालाई देखाई ।
"ए तैँले पनि बनाईस ट्याटू ! खै हेरौं त ! आहा कति राम्रो रहेछ !" रिष्टिनाले प्रतिक्रिया दिइन् ।
उमेरले भर्खरै १५/१६ लागेका ति किशोरी शनिवार बाहिर कतै घुम्न जाने तरखरमा थिए ।
क्रिष्टिनाले भनीन् "तँलाई थाहा छ, मैले अर्को पनि ट्याटू हानें नि !"
"ए हो र, खोई खोई देखा त कस्तो बनाईछस् !" रियाले उत्साहित भएर सोधिन ।
क्रिष्टिनाले फ्रक पल्टाएर नाईटोदेखि २ ईन्च तल खोपिएको ट्याटू देखाउँदै भनिन्, "माथिको ट्याटू देखेर घरमा सबैले गाली गरे, त्यही भएर मैले यहाँ तल बनाएको !"
"वाउ ! कस्तो राम्रो बटरफ्लाई बनाएको रहेछ !" रियाले प्रतिक्रिया दिइन ।
यत्तिकैमा क्रिष्टिनाको मोबाईलमा म्यासेनजरको नोटिफिकेसन आउँछ । उ आफ्नो मोबाईल हेर्दै भन्छे "ए, त्यही ट्याटूवाला दाईको म्यासेज रहेछ !" भन्दै म्यासेज खोल्छे ।
मेसेजमा ट्याटू बनाउने बेलामा खिचेका संवेदनशील अङ्गका फोटाहरुका साथै "आज ठीक चार बजे पुलबजारको 'सन्तुष्टि होटल´मा आउनु, नत्र यो सबै फोटोहरू तिम्रो परिवारलाई र सामाजिक सन्जालमा पोष्ट गरीदिनेछु !"
क्रिष्टिना पुर्पुरो समाउँदै भूईँमा थचक्क बसी।
२०८० भाद्र ३०

Comments

Popular posts from this blog

लघुकथा: 'संस्कार'

लघुकथा: 'महत्त्वाकाङ्क्षा'