लघुकथा : छटेल

 लघुकथा : छटेल

✍️ ध्रुवराज थापा 'पुरूष'
(काभ्रे, पनौती । हाल: कपन, काठमाडौँ ।)
"होसियार ! होसियार !! गाउँले जति सबै होसियार है !"क्षणभरमै छिमेकी जम्मा भए र सोधे, "किन आत्तीएको के भयो ?"
"स्याल आयो क्या स्याल ! सबैले आआफ्नो कुखुरा जोगाउनुस् है ? उ ल हेर यताबाट उता झाङ्तिर लाग्यो स्याल !" रत्नेले भन्यो ।
गाउँलेहरू स्याल लखेट्न सबैजना त्यतैतिर दौडिए । यता रत्नेले छिमेकिको एउटा ठूलो भाले चपक्क समात्यो र दौडिदै भन्यो, "स्यालले कुखुरा लग्यो ! लग्यो ! लग्यो !!"
फलैँचामा तमाखु खाएर बसेका हजुरबाले रत्नेको क्रियाकलाप देखिहाले र भने, "कस्तो फटाह रहेछ यो ! भोली गएर ठुलै दलको खुँखार नेता होला जस्तो पो छ त !"

Comments

Popular posts from this blog

लघुकथा: 'संस्कार'

लघुकथा: 'महत्त्वाकाङ्क्षा'