लघुकथा : दुखेसो

 लघुकथा : दुखेसो

✍️ ध्रुवराज थापा 'पुरूष'
(काभ्रे, पनौती । हाल: कपन, काठमाडौँ ।)
एक्कासी सबैले घेरा हाले ।लाग्दै थियो आज यिनीहरूले त्यत्तिकै छाड्ने छैनन् । किनकी मैले उनीहरूको अनुहारमा आक्रोश पढिरहेको छु !कसरी आज म यो तिलस्मी ठाउँमा आईपुगेँ पत्तै भएन !
मैले जिज्ञासा राखेँ, "तपाईँहरू शान्त हुनुहोस् । तपाईँहरूको गुनासो के छ ? ल भन्नुहोस् ।" उनीहरूले एकैसाथ भने, "हामीलाई सहिदको सूचीबाट हटाइयोस् ! हाम्रो घोर अपमान भयो !
मैले सोधेँ, "किन यस्तो भन्नुभयो ? तपाईँहरूलाई के भयो ? पालैपालो आफ्नो कुरा राख्नुहोस् ।
सहिद नं. १ : "हामीलाई किन वर्षमा एकपल्टमात्र सम्झिने गरिन्छ ? के हामीले गरेको बलिदानीको मूल्य यही हो ?"
सहिद नं. २ : "तपाईँहरूले किन सहिदको परिभाषा बिगार्नुभयो ? जस्लाईलाई पनि दबाबको भरमा सहिद घोषणा किन गर्नुहुन्छ ? आफ्नो देश, संस्कृति, अस्तित्व र स्वाभिमानको संरक्षण तथा स्वतन्त्रताको प्राप्तिको निम्ति बलिदान दिने अमर व्यक्ति लाईमात्र सहिद घोषणा गर्नुपर्ने होईन र ?"
सहिद नं. ३ : "तपाईँहरू किन सहिदको नाम भजाएर आफ्नो दुनो सोझ्याउनु हुन्छ ? अनि सहिद पार्टीको हुदैन भन्नेकुरा तपाईँहरूलाई थाहा छैन मन्त्रीज्यू ?"
सहिद नं. ४ : "तपाईँले कहिल्यै सहिद परिवारको हविगत र आफ्नो परिवारको अवस्था तुलना गर्नु भएको छ मन्त्रीज्यू ?"
"हत्तेरी म कस्तो विचित्रको ठाउँमा आईपुगेछु, कस्तो समस्यामा फसियो !" भन्ने मनमा लाग्यो । मेरो मुटुको धड्कन बढ्यो ! सासफेर्न गार्हो भयो ! चिट्चिट् पसिना आयो ! यत्तिकैमा म झल्याँस्स बिउँझिएँ !
मिति: २०८० माघ १२

Comments

Popular posts from this blog

लघुकथा: 'संस्कार'

लघुकथा: 'महत्त्वाकाङ्क्षा'