लघुकथा: `विडम्बना´
लघुकथा: `विडम्बना´
एउटा पत्रिका हात पर्यो । पाना पल्टाउँदै थिएँ एउटा लेखमा आँखा पुग्यो लेख "बौद्धिक चोरी जघन्य अपराध" नामक शीर्षक थियो। आफ्नो रुचिको बिषय पनि भएकाले चाख मानेर पढ्दै थिएँ । उक्त लेखमा, संविधानको धारा-उपधारा र प्रचलित कानुन समेत हवाला दिंदै - बौद्धिक चोरी भनेको प्रलोभनमा परेर अरुको सिर्जना चोरी आफ्नो बनाउने काम गर्नु हो भनिएको थियो ।
आजभोली समाजमा बौद्धिक चोरीका घटना बढ्दै गएकाले यसबारेमा नयाँ पुस्तालाई सचेत बनाउन विद्यालय तहबाट नै यस विषयमा शिक्षा दिनुपर्नेमा
कुरामा जोड दिईएको थियो । त्यति मात्र होईन, अर्काको सिर्जना चोरी गरेमा कानुनीरुपमा के-कस्ता सजायँ भोग्नुपर्छ र समाजमा कसरी अपमानित हुनुपर्छ भन्ने समेत उल्लेख थियो । आफू स्वयं पनि एक शिक्षक भएकोले विद्यार्थीहरुलाई यस सम्बन्धि जानकारी दिनुपर्छ भन्ने सोच मैले बनाएँ ।
लेख पढिसकेर लेखकको नाम तिर पुन: आँखा गयो । लेखकको फोटो सहितको नाम देखेर म झस्किए। पहिले लेखकको नाम मात्र पढ्दा नआएको याद फोटो देखेर अकस्मात् छर्लङ्ग भयो। म छाँगाबाट खसेझैं भएँ । ति लेखक, हालैमात्र बौद्धिक चोरीको आरोपमा "भविष्यमा पुस्तक लेख्न नपाउने" गरी सजायँ पाएका उनै `कथित महान विद्वान´ पो रहेछन् त !
(काभ्रे, पनौती । हाल: कपन, काठमाडौं)
Comments
Post a Comment