लघुकथा: 'क्यूआर'
लघुकथा: 'क्यूआर'
(काभ्रे, पनौती । हाल: कपन, काठमाडौँ ।)
"ल अब बहिनी र भान्जाभान्जीलाई टीका लगाईदिनुस् मैले अक्षता र जमरा ठिक पारिसकेँ ।" माईजुले मामालाई भनिन् । " ल म आईहाले है म दक्षिणा ठीक पार्दैछु ।" मामाले भने ।
ल नानी भान्जाभान्जी अब टीका लगाउँ यतै बैठक कोठातिर आउनुहोला । त्यसपछि खाना खाउँला हुदैन ?" माईजुले भनिन् । त्यसपछि टीका लगाउन सबै एकठाउँमा जम्मा भए । मामाले टीका, जमरा र खाम लिएर आए । बहिनीलाई टीका लगाई आशिष् दिए । दक्षिणाको खाम पनि थमाए ।
अब पालो आयो भन्जाभान्जीको । मामाले भान्जाभान्जीलाई सँगसँगै टीका लगाईदिए अनि "धेरै पढ्नु, ज्ञानी हुनु, आमाले भनेको मान्नु" भनेर आशिष् पनि दिए । त्यसपछी दुबैजनालाई एकएकवटा खाम पनि दिए तर भन्जालेभन्जीले खाम लिन मानेनन् । उनीहरूले एकैचोटी खल्तीबाट क्यूआर कोड निकालेर भने, "मामा हामीलाई दक्षिणा 'क्यूआर' गरिदिनुस्, यी लिनुस् हाम्रो क्यूआर कोड !"
मिति: २०८० कार्तिक ९
Comments
Post a Comment