लघुकथा: 'सोमबारे अौंसी'

 लघुकथा: 'सोमबारे अौंसी'

✍️ ध्रुवराज थापा 'पुरूष'
(काभ्रे, पनौती । हाल: कपन, काठमाडौँ ।)
ब्रह्ममुहूर्त सुनसान । चारैतिर सन्नाटा । बेलाबेलामा भुस्याहा कुकुरको भुकाईले त्रासलाग्दो अवस्था ! यसैबिच सहरको एउटा चोकमा एउटी अधबैंसे महिला कसैलाई कुरीरहेकी छन् ।
"छ्या कस्तो ढिला गरेको होला ? यस्तो गर्ने मान्छे त होइन, आधा घण्टा ढिला भैसक्यो, कस्तो मान्छे हो ? विस्तारै फत्फताउदै थिइन ।
फाट्टफुट्ट मर्निङ्गवाक जाने मानिस देखिन थाले । उनलाई एक्लै उभिएको देखेर आश्चर्यमान्दै अगाडी बढ्दै थिए ।
राधा पनि साथीसँग मर्निङ्गवाक जाने गरेकी थिईन तर आज उनकी साथी यतिबेलासम्म आएकी थिईनन् ।
उनकी साथिको अलि बढी बोल्नुपर्ने, सबैकुरा उनलाई थाहा भएको जस्तो गर्नु पर्ने उनको बानी थियो । बोल्ने क्रममा बढी धक्कु लगाउँदा उनी कहिलेकाँही आफ्नै धोति खुस्केको पनि चाल पाउँदिन थिईन ।
प्रतिक्षाको घडी सकियो ।साथी हस्याङ् फस्याङ् गर्दै आईपुगिन् र भनिन्-"सरी यार आज अलिकति ढिलाभयो ।"
के को सरी नि अर्कालाई यस्तो अँध्यारोमा एक्लै कुराएर कम्ता डर लागेको होईन । अनि यत्रोबिधि ढिलाचाँही किन गरेको के भयो पहिला भन त ?" राधाले प्रश्न गरिन ।
साथिले उत्तर फर्काइन, "आज सोमबारे अौंसी कसैसँग नबोली नुहाउँछु भनेको बाथरूममा बुढा पस्नु भएको रहेछ ! बोलाउन मिलेन कुर्दाकुर्दा ढिला नस्कनुभयो । अनि हत्तपत्तकसैसँग नबोली नुहाएर हिँडिहालेको ! नपत्याए हेरन कपाल पनि चिसै छ !
राधाले मौकैमा ब्यङ्ग गरि हालिन, "त्यसोभए आजबाट हामीले तिम्रा पत्याईनसक्नुका बढीकुरा सुन्न नपर्ने भयो होईन त ?"
मितिः २०८० चैत्र २६ गते

Comments

Popular posts from this blog

लघुकथा: 'संस्कार'

लघुकथा: 'महत्त्वाकाङ्क्षा'