लघुकथा: 'सोच'

लघुकथा: 'सोच'

✍️ ध्रुवराज थापा 'पुरूष'
(काभ्रे, पनौती । हाल: कपन, काठमाडौँ ।)
गौलोचनले एउटा चिटिक्क परेको आश्रम बनाए। उनले आफ्नै विद्वान बा आमाको नाममा आफ्नै जमिन र लगानीमा आश्रम तयार पारेका थिए ।
आज आश्रमको उद्घाटनको दिन हो ।कार्यक्रम सकिने बित्तकै केही जोगी, साधुसन्त र बृद्ध बृद्धाहरू आश्रममा प्रवेश गरे ।
गौलोचनले सोधे, "तपाईँहरू यहाँ किन के कामका लागी आउनुभयो ?"
उनीहरूमध्ये एक बृद्धले भने, "यहाँ आश्रम खोलेको थाहा पाएर यहाँ बस्न पाईन्छ कि भनेर आएको !"
लगत्तै अर्का एक साधुले पनि आफ्ना कुरा राखे, "साधुको लागी आश्रम बनेको होला भनेर हामी पनि यहीँ बस्न आएका !"
गौलोचनले दुई हात जोड्दै उनीहरूलाई सम्झाए, "माफ गर्नुहोस् यो त्यस्तो आश्रम हो जहाँ साहित्यको अध्ययन अनुसन्धान गर्ने, बिचार विमर्श गर्ने थलो हो !"
मिति: २०८० माघ २६ , स्याङ्जा, फापरथुम

Comments

Popular posts from this blog

लघुकथा: 'संस्कार'

लघुकथा: 'महत्त्वाकाङ्क्षा'