लघुकथा: 'अर्ती'


 लघुकथा: 'अर्ती'

✍️ ध्रुवराज थापा 'पुरूष'
(काभ्रे, पनौती । हाल: कपन, काठमाडौँ ।)
"तपाईँलाई बाँच्ने मन छ कि छैन ? श्रीमती र छोराछोरीको मायाँ लाग्छ कि लाग्दैन ?" डाक्टर सम्झाउदै थिए ।
बिरामीले प्रतिउत्तर फर्काए, "बाँच्ने मन कसलाई हुदैन र डाक्टर साहेब !
"त्यसो भए किन परिवारलाई दु:ख दिनुहुन्छ ? किन आफ्नो ज्यान धरापमा पार्नुहुन्छ ? उच्च रक्तचापको समस्या भएको मानिस कमसेका आफूलाई त माया गर्नुस् ।" डाक्टरले सुझाए ।
कथा व्यथा आआफ्नो हुन्छ । रक्सी खाएर आफैलाई सक्न मलाई पनि त मन थिएन नि!"
"त्यसो हो भने किन रक्सी खानुहुन्छ ? तुरून्त छोडी हाल्नुस् ।यसले तपाईँलाई राम्रो गर्दैन !" डाक्टरले जवाफ दिए ।
बिरामीले जवाफ फर्काए, "गुरूबन्न सजिलो, चेला बन्न गार्हो ! अघि अस्पतालको क्यान्टिनमा डाक्टरसाप पनि चुरोट पिउँदै हुनुहुन्थ्यो त ! चुरोटले चाँही फाईदा गर्ने हो डाक्टरसाप? कि तपाईँलाई आफ्नो ज्यानको माया लाग्दैन ?"
मिति:२०८० फागुन २२

Comments

Popular posts from this blog

लघुकथा: 'संस्कार'

लघुकथा: 'महत्त्वाकाङ्क्षा'