लघुकथा: 'आसन ग्रहण'

 लघुकथा: 'आसन ग्रहण'

✍️ ध्रुवराज थापा 'पुरूष'
(काभ्रे, पनौती । हाल: कपन, काठमाडौँ ।)
उद्घोषकले कार्यक्रम सुरू गरे। उनले मन्च अगाडि दर्शक दीर्घामा बसेकालाई पालैपालो मन्चमा आसन ग्रहण गराए ।
चालिस पचास जनाजति भेला भए । कुनै राजनीति पार्टीको भातृ संगठनको जिल्ला सम्मेलन भनिएको थियो ।
अगाडि मन्च खाली थियो, उनीहरू दर्शक दीर्घामा बसेका थिए ।
कार्यक्रम सुरूभयो ।आसन ग्रहण गराउन थालीयो । मन्च भरिभराउ भयो, खुट्टा राख्ने ठाउँ भएन उता अगाडी सहभागीको स्थान खाली जस्तै भयो ।
मन्चासिन प्रमुख अतिथिले उद्घोषकलाई कोट्याए, "खै तल त एकजना पनि मान्छे छैनन् के गरेको यस्तो ?"
उद्घघोषकले साउतीमै उत्तर दिए, "के गर्नु त सबैलाई मन्चमा उक्लने रहर छ ! आसन ग्रहण नगराउँ पार्टीको कारबाहीमा परियला भन्ने डर !"
मिति : २०८० चैत्र
All reactions:
मुरारीराज मिश्र, Trilochan Dhakal and 18 others

Comments

Popular posts from this blog

लघुकथा: 'संस्कार'

लघुकथा: 'महत्त्वाकाङ्क्षा'