लघुकथा: 'आसन ग्रहण

✍️ ध्रुवराज थापा 'पुरूष'

(काभ्रेपनौती  हालकपनकाठमाडौँ )


उद्घोषकले कार्यक्रम सुरू गरे। उनले मन्च अगाडि  दर्शक दीर्घामा बसेकालाई पालैपालो मन्चमा आसन ग्रहण गराए  

चालिस पचास जनाजति भेला भए  कुनै राजनीति पार्टीको भातृ संगठनको जिल्ला सम्मेलन भनिएको थियो  

अगाडि मन्च खाली थियोउनीहरू दर्शक दीर्घामा बसेका थिए  

कार्यक्रम सुरूभयो ।आसन ग्रहण गराउन थालीयो  मन्च भरिभराउ भयोखुट्टा राख्ने ठाउँ भएन उता अगाडीसहभागीको स्थान खाली जस्तै भयो 


मन्चासिन प्रमुख अतिथिले उद्घोषकलाई कोट्याए, "खै तल  एकजना पनि मान्छे छैनन् के गरेको यस्तो ?"

उद्घघोषकले साउतीमै उत्तर दिए, "के गर्नु  सबैलाई मन्चमा उक्लने रहर  ! आसन ग्रहण नगराउँ पार्टीको कारबाहीमा परियला भन्ने डर !"

मिति : २०८० चैत्र

Comments

Popular posts from this blog

लघुकथा: 'संस्कार'

लघुकथा: 'महत्त्वाकाङ्क्षा'