लघुकथा: 'अजासु'
लघुकथा: 'अजासु'
(काभ्रे, पनौती । हाल: कपन, काठमाडौँ ।)
"दाई ऊ त्यो ठूलो त्रिशुल आउने गरी हाम्रो एउटा फोटो खिचिदिनुस् न !" आफ्नो युट्युबको लागी भिडियो बनाई रहेको एकजना मानिसलाई एक युवतिले भनिन् ।
हजारौँ मानिसको भिड लागेको थियो । शिवरात्रिको दिन त्यसमाथि पनि त्यहाँ कोटिहोम चलिरहेको थियो, भिड नहुने कुरै भएन ।
युट्युबरले नाई भन्न सकेन । आफ्नो काम छोडेर उनको मोबाईल समात्यो र मोबाईलमा हेर्दै भन्यो, "एन्टीलाईट छ फोटो राम्रो आउँदैन ।" उसको कुरालाई ध्यान दिए वा दिएनन् उनीहरू उल्टो उसलाई निर्देशन दिँदै थिए "मोबाईल यसरी ठाडो पारेर खिच्नुस्, त्रिशुल नकाटीयोस् नि !" उनीहरू लाईन लागेर बसे ।
युट्युबरले सकेसम्म एङ्गल मिलाएर २/३वटा फोटो खिचिदिए र मोबाईल फिर्ता दिए । एउटीले हत्त न पत्त मोबाईल तानेर भनिन्, "खोई खोई ? कस्तो आएछ ?" युट्युबरले सुने सुनेन् तर मैले उनको कुरो फ्याट्ट् सुनिहालेँ । अनि उनको बुध्दि देखेर उनी प्रति टिठ लाग्यो ! उनले फोटो हेरेर आफ्नै आैकातम भनिन्,"त्यो मान्छेलाई खासै फोटो खिच्न आउदो रहेनछ !"
मिति:२०८० फागुन २५
(अजासु: अति जान्ने सुन्ने)
Comments
Post a Comment