लघुकथा: 'निर्बुद्धि'

 लघुकथा: 'निर्बुद्धि'

✍️ ध्रुवराज थापा 'पुरूष'
(काभ्रे, पनौती । हाल: कपन, काठमाडौँ ।)
सबै रूख चढे न्यानो घामको पार ताप्दै बैठक सुरू भयो । सभापतिले सबैलाई बैठकमा स्वागत गर्दै प्रश्न राखे, "आजको बैठकको मुख्य एजेण्डा भनेको हामीहरूलाई खानेकुराको अभाव हुदै गएको छ, अब त्यसको समाधान कसरी गर्ने होला ? सबैले पालैपालो आफ्नो धारणा राख्नुहोला ।"
सभापति ढेडु बाँदरको कुरा सुनेर पाङ्ग्रे बाँदरले आफ्नो जिज्ञासा राख्यो, "हो हामीलाई अब बाँच्नै गारो हुनेभयो, अहिले आधा पेट खाएर बाँच्नु परिरहेको छ ।पहिले पहिले हाम्रा हजुरबाको पालामा खाएरै नसकिने फलफूल जङ्गलभरि पाईन्थ्यो रे !"
खैरे बाँदरले उपाय निकाल्यो, "यी मान्छेहरूले केही नफल्ने विरूवा भन्दा थरिथरिका फलफूलका विरूवा वृक्षारोपण गरेको भए कति राम्रो हुन्थ्यो, हामीले पनि अघाउन्जेल खान पाउथ्यौँ, उनीहरूले पनि खान पाउथे ।"
उसले अगाडी थप्यो, "त्यसो होईन अब हामीले मान्छेका घरघरमा गएर उनीहरूका खानेकुरा खोसेर भए पनि खानुपर्छ ।"
ढेडुले जवाफ फर्कायो, " खान्छौ ? उता मान्छेहरूले हामी वस्ती नजिक आएको चालपाएर जङ्लका सबै रूख काट्ने निर्णय गरिसके !"
फिस्टे बाँदरले रूखको हाँगो हल्लाउदै अचम्म मानेर प्रश्न गर्यो, "हैन बाँदर हामी हौँ कि तिनिहरू ?"
मिति : २०८० माघ २२

Comments

Popular posts from this blog

लघुकथा: 'संस्कार'

लघुकथा: 'महत्त्वाकाङ्क्षा'