लघुकथा: 'जिन्दावाद'
लघुकथा: 'जिन्दावाद'
✍️ ध्रुवराज थापा 'पुरूष'
(काभ्रे, पनौती । हाल: कपन, काठमाडौँ ।)
"हाम्रो वस्तिमा ज्यानमारा छिर्यो है ! अब हामी एकजुट भएनौ भने सकिन्छौँ !" सबैले सुन्ने गरी परेवाले भन्यो ।
उसका कुरामा कसैले चासो दिएन । भोलिपल्ट जुरेलीले सबैका सामु भन्यो, "हिजो परेवा दाइले भनेकोकुरा साँच्चै पोरहेछ । हाम्रो दुस्मनले यहाँ डेरा जमाई सकेको रहेछ, अब के गर्ने ?" उसको कुरा पनि सुन्ने कोहि भएनन् । सबै आआफ्नैतालमा लागे ।
सुन्दर बगैँचाको कपुरको अग्लो रूखमा बाजले अतिक्रमण गरीसकेको थियो ।
पोथी बाज ओथारो बसी सकेकी थिइ । केही दिनपछि चल्ला पनि कोरली । उ बच्चा रूँगेर बस्थी भाले बाज परिवारकोभोक मेटाउन बगैँचाका अबोध पन्छीहरूको शिकार गरेर गुँडमा पुर्याउँथ्यो । कहिले परेवा, कहिले भँगेरा कहिले, काग तकहिले जुरेली छाकै पिच्छे फरक स्वादमा उनीहरूका आहारा बन्थे । बिस्तारै बगैँचा सुनसान बन्यो ।
हिजोसम्म रङ्गीचङ्गी फूलहरूले सिङ्गारिएको बगैँचामा चराचुरूङ्गीको चिरबिर आवाजले मिठो सङ्गीत छर्थ्यो ।बगैँचामा सानो लोखर्केको फार्फार-फुर्फुर हेरिरहुँ जस्तो लाग्थ्यो । आज उनीहरूको अस्तित्व समाप्त हुन लागेको थियो। स्वतन्त्रता गुमेको थियो ।
पिडित सबैले बैठक गरे । "हामीले समयमै बुद्धि नपुर्याउदा सन्तान गमायौँ । अब सबैमिलेर वैरी बिरूद्द जाईलाग्नु पर्छ ! तपाईँहरू सबैले हामीलाई साथ दिनुहोस् !" कागले सुझायो।
सहमति जुट्यो ।
भोलिपल्ट सबै एकजुट भए । एकैपटक शक्ति प्रदर्शन गरे । कसैले शत्रुको गुँड भत्काए । कसैले समूहमा दुस्मनलाईलखेटे । दुस्मनको प्रतिकार कमजोर भयो । उनीहरूको केहि सिप लागेन र जङ्गल तिरै भागेध।
बगैँचामा खुशियाली फर्कियो । संयुक्त आवाज घन्कियो, "हाम्रो एकता जिन्दावाद !"
मिति:२०८० फाल्गुण २३

Comments
Post a Comment