लघुकथा: 'पूर्वाङ्ग'

(हाम्रो लघुकथा केन्द्रको चौंथो वर्षिकोत्सवको अवसरमा प्रेषित लघुकथा)

लघुकथा: 'पूर्वाङ्ग' 

✍️ ध्रुवराज थापा 'पुरूष'

(काभ्रे, पनौती । हाल: कपन, काठमाडौँ ।)

श्रीमती : "तपाईँले थाहा पाउनुभो, पल्लो कोठाको लोकेको छोरीको भोलि विवाह रहेछ नि !"

श्रीमान् : "नचाहीने कुरा ! लोके मेरो मिल्ने साथी हो । छोरीको बिहे जस्तो कुरा मलाई भनि हाल्छ नि ! अनि यो कुरा तिमीले कसरी थाहा पायौ नि ?"


श्रीमतीले भनिन्, "नपत्याउनु न त, मेरै कानले सुनेको ! आज पूर्वाङ्ग रे ! भोली विवाह रे ! फोनमा सबैलाई भोलि निम्ता छ है जसरी पनि आउनु पर्छ नत्र रिसाउछु भन्दै थिए !" उनले फेरि थपिन, "त्यहि भएर पो आज उनीहरूका बुढाबुढी राम्रा लुगा लगाएर गएका रहेछन् त, बुढीले झपक्कै गहना पनि लगाएकी थिईन् ।"

श्रीमानले भने, "ए कुरा त्यस्तो पो रहेछ ! तर सबैलाई फोन गरि गरि बोलाउदा हामीलाई चाँही किन कुरा लुकाए त म अचम्ममा परेँ !"

यत्तिकैमा ढोकामा कसैले ढकढक गरेको आवाज आयो । श्रीमतीले ढोका खोलिन् ।ढोकामा उनै लोके ठिङ्ग्रीङ् उभिएका थिए । लोकेले निम्तो गरिहाले "ल है भोलि हाम्रो लघुकथा केन्द्रको वार्षिकोत्सव छ, जसरी पनि आउनुपर्छ है ! आज विहेको पूर्वाङ्ग जस्तै भोलिको तयारीमा दिनभरी व्यस्त भईयो ।"

मिति:२०८० चैत्र २

Comments

Popular posts from this blog

लघुकथा: 'संस्कार'

लघुकथा: 'महत्त्वाकाङ्क्षा'