लघुकथा : ज्याद्रो
लघुकथा : ज्याद्रो
ध्रुवराज थापा 'ध्रुवराज थापा 'पुरूष'
(काभ्रे, पनौती । हाल: कपन, काठमाडौँ ।)
"तपाईँ समय अगावै मर्दै हुनुहुन्छ ! तपाईँ खरानी बन्दै हुनुहुन्छ !"
उसले हेर्यो !
टेलिभिजनमा धुम्रपान बिरूद्ध ठाडो विज्ञापन आईरहेको थियो ।
उसलाई पनि थाहा थियो ऊ सकिदै छ, किन कि उसका मुखमा लाखौँ चुरोटका ठुटा पसिसकेका थिए ।
ऊ जीर्ण भै सकेको थियो ।
चुरोटकै यान्सरले उसको पितालाई पनि खर्लप्प निलेको थियो ।
ऊ बारम्बार अब चुरोट खान्न भन्थ्यो, तर चुरोट उसको जीवन मरणको साथी बनिसकेको थियो ।
ऊ जुरूक्क उठ्यो, चुरोटको बट्टा समात्यो ।
बट्टामा छापिएको क्यान्सर लागेको डरलाग्दो तस्वीर हेर्यो ।
बट्टाबाट एउटा चुरोट निकाल्यो, ओल्टाई पल्टाई हेर्यो ।मन थाम्न सकेन ।
उसले चुरोट सल्कायो, लामो सर्को तान्यो र हावामा धुवाँ उडायो। कोठाभरी रूमलिएको धुवाँमा उसले आफ्नो सपना खोज्यो ।
२०८१ असार ३०
Comments
Post a Comment