लघुकथा: 'नौलो स्वाद'

 लघुकथा: 'नौलो स्वाद'

✍️ ध्रुवराज थापा 'पुरूष'
(काभ्रे, पनौती । हाल: कपन, काठमाडौँ ।)
नितान्त नौलो । अनौठो ! अचम्मै ! खोजेरै कतै नपाईने ।
एक हुल महिलालाई जुरूक्क उठ्न लगाईयो । उठेका जति सबैलाई सभापतिको दर्जा दिईयो ।
त्यसपछि त्यहाँ उपस्थित सबै पुरूषलाई उठ्न भनियो । उनीहरूले आदेशको पालन गरे । उनीहरू सबैलाई प्रमुख अतिथिको संज्ञा दिईयो ।
धर्म पत्नीले आफ्नो बाहुनको फोटोमा रूद्राक्षको माला पहिर्याईन ।
अगाडी लहरै उभिएकालाई छोरीहरूले अक्षताको टिका लगाईदिए । संस्कार अनुसार हात खालि नराखी दक्षिणा पनि दिए ।
कसैले सुसेली गाए, कसैले कविता गाए !
"आज हामी वरिष्ठ साहित्यकार त्यागीको स्मृति दिवस मनाउँदै छौँ" उद्घोषकले भने ।
मिति : २०८१ बैशाख १९

Comments

Popular posts from this blog

लघुकथा: 'संस्कार'

लघुकथा: 'महत्त्वाकाङ्क्षा'