लघुकथा: 'उपहास'
लघुकथा: 'उपहास'
(काभ्रे, पनौती । हाल: कपन, काठमाडौँ ।)
तामझाम, बाजागाजा र लावालश्करका बिचमा हुईँकिएर आएको एउटा गाडी टक्क रोकियो ।
गाडिबाट सुटेड बुटेड व्यक्ति ओर्लिए । प्रहरीको तैनाथी थियो, उनीहरूले स्यालुट ठोके । प्रहरी अधिकरीले दिएका फूलका गुच्छा समाउदै भिआईपीले हात मिलाए ।
प्रहरीले अनुरोध गरे, हजुर एकचोटी सलामीमा जाउँ कि !" उनको स्वीकारोक्तिको टाउको हल्लीयो ।
अलि पर चौरमा मखमलले लपेटीएको फरालिलो पिर्का नेता बोक्न तयार थियो । उनी सरासर आएर पिर्कामाथि उभिने बित्तिकै कमाण्डरले आदेश ओकले, "माननीय मन्त्रीलाई सलाम अर्पण गर्ला !"
बोली भूईँमा खस्न नपाउँदै, बिगुल बज्यो, प्रहरी गारतले एक्कैसाथ बन्दुक माथि उठाए, सलामी चढाए ।
भिडबाट एक बयोबृद्धाले असन्तुष्टी पोखे, "कस्तो काल जमाना आयो, केही समयअघि प्रहरीको खोजीको सूचीमा रहेको त्यो अपराधीलाई अहिले प्रहरी आफैँ स्यालुट ठोक्दैछ !"
मिति : २०८१/०१/१३
Comments
Post a Comment