हाइकू Collection

हाईकु
             -ध्रुवराज थापा
धान दिवस
     १.
धान दिवस
भाँडभैलाे भाे धेर
लाज बचाउ ।
      २.
कस्काे संस्कृति ?
मनगढन्ते कला
याे बन्द गर ।
३७३.
ती हुतिहारा
जिवनकाे परीक्षा
मृत्युको डर ।
३७४.
हे अामा धन्य
तिम्राे कर्म, भाेगाई
गन्तव्य कता ?
३७५.
मानिस उस्ताे
सुनाउने पुराण
पशु काे भालु ?
३७६.
हाईकु मेला                                         
कप हेर्नेकाे भेला                                
सबैपरे ट्वाँ !   
३७७.
लाग्ने दुलही
अन्माउने तयारी
हुलही दंग ।
३७८.
सकिन्न अब                                       
भाे अाफैं चेला/गुरू                         
कस्काे के लाग्छ ?
३७९.
असारे झरी
लाै बजेट पाेखियाे
त्याे बाटाेभरी ।
       *
हिलाेमा राेप्याै
सप्रेन नि कहिल्यै
असारे बजेट ।
       *
अा.व.काे अन्त्य
बजेट सक्ने खेल
हुन्छ है झेल ।
        *?
धेरै राेपियाे
हिलाेमा त्याे बजेट
फलेकाे खाेई ?
        *
झरीकाे याम
शुरू भाे सरकारी
बिकासे काम ।
३८०.
झण्डा गाडियाे
त्याे डण्डा लागाउने
कुदृष्टी त्याग ।
        *
झण्डाकाे मान
ती शिक्षक विद्यार्थी
ईज्जत् है राख्नु ।
         *
सम्मान गर
ती झण्डाहरूकाे
बढ्छ त्याे साख ।
       *
गाडियाे झण्डा
लाै संरक्षण गराैं
सवै मिलेर ।
३८१.
राम्रा हाईकु
एडमिनले छान्दा
हाेला है राम्राे ।
३८२.
खुसी त्याे थियाे
कुरा त्यसै सेलायाे
फेरि छु खुसी ।
३८३.
मुटुकाे चाेट                                     
कसरी देख्छ अाखा?   
देख्छ त्याे अाँशु ।
३८४.
२४ घण्टामा
छत्तीस घण्टा काम
अामा हाे नाम
३८५.
यज्ञाेपवित
संस्कार परम्परा
रक्षाबन्धन ।
३८६.
चित्कार उस्तै
बिछाेडकाे त्यो  पिडा
सहुँ कसरी ?
३८७.
महिला वादी
नहेर्नु नि भन्छन
अाँखा चिम्लनु ।
३८८.
गरे काेशिष
असम्भव कहाँ छ ?
प्रयत्न गर ।
३८९.
बिराेध शैली
निकम्मा छन् ती नेता
बानी सुधार ।

३९०.
गधाकाे देश
गाईजात्राकाे मेला
तमासे हामी
३९१.
मानव साँढे
कसैलाई टेर्दैन
बुद्धि हराम ।
    ***
याे देश हाम्राे
साँढेकाे बिगबिगी
भाे गाईजात्रा ।
३९२
धैर्य त गर्नुस्
प्रतिक्षाकाे त्याे फल
मिठाे पाे हुन्छ ।
३९३.
मिठाे सेकुवा
न्यायकाे कठघरा
डाैडेर पुग्याे ।
     ***
न्यायले खायाे
सुनसंग सेकुवा
भयाे फुकुवा ।
३९४.
फुल हाै तिमी
चिहायाै याे संसार
बस्याै दिलमा ।
३९५.
कृष्णजन्माष्टमी  
****
कथाका कृष्ण
एकादेशकाे भयाे
छाेराे पाे कृष्ण
        *
बिकृति भित्र्याे
देवताकाे भेषमा
संकृति मास्ने
        *
ती साेह्रसय
गाेपिनी नचाउँछ
कृष्ण बनाए ।
        *
३९६.
छैन अन्दाज
बनेपछि गुलाम
अाफ्नाे सामर्थ्य ।
३९७.
जरानै  कट्थे
नसकेर पाे यिनी
लुत्रुक्क परे ।
३९८.
दैवले दिने
पितृले हर्न खाेज्ने
क्या अपराधी  ?
३९९.
हुदैन भलाे
याे अात्मा रूवाउने
शैतानी अात्मा ।
४००.
धेरै ख्वाएछु
त्याे साँपलाई दुध
बीस अाेकल्याे ।

४०१.
पिता हाे धर्ती
उठाउँछ त्याे बाेझ
कर्तब्य बाेध 
४०२.
त्याे हाे नि बाबु
दायित्व बाेक्छ संधै
मैन झैं पग्लि 
४०३.
लाेभकाे पाेकाे
बेच्याै स्वभिमान
गनाउने तन्त्र 
४०४.
साख गुमायाै
सति गयाै बिचरा
हाै हनहन्तकाली
४०५.
देखायाे अाश
साट्याै राजतन्त्र
पर्याै नि हिस्स !
४०
शंकै थिएन
सुन्दर फूल पनि
विषालु हुन्छ 
४०७.
तीज:
हरितालिका
तीज शुभकामना
ढाेंगी नबनाैं !
       *
महिना दिन
कति खानु त्याे दर
वाक्कै भईयाे !
       *
सभ्य मनाअाैं
बचाउँ है संस्कृति
नक्कल त्यागाैं 
        *
भयाे भड्किलाे
हरितालिका तीज
जाेगाअाैं मिली !
४०८.
अन्याय सित्तैं
न्याय चैं माग्नु पर्ने
याे विडम्बना 
४०९.
पेट्राेलियम
अत्याबश्यक वस्तु
याे हडताल 
४१०.
कमी  छैन
दुई जिब्रकाे यहाँ
बिस्वास छैन 
४११.
यै भिडमा                              
खुराफाति त्याे मान्छे                      
चिनेकाे खाेई ?
४१२.
यै भिडमा                                
खुराफाति त्याे मान्छे                        
तानी खसाल्छ 
४१३
मृत्यु टिकट
जन्मदै हाे लिएकाे
काे सक्छ टार्न 
४१४.
काे जान्छ अघि
कस्काे पालाे  पछि
त्याे थाहा छैन 
४१५.
काम तिम्लाई
माैका चैं मेरालाई
हाम्रै हाे सत्ता 
४१६.
तिम्राे गुनासाे
हाम्राकाे पाे सल्लाह
हाम्रा चैं राम्रा 
४१७.
दुधकाे साक्षी
अरू  काेहि हाेईन
फुस्रे विरालाे 
४१८.
बन्छन ठालु
हाँसका ति बथान
श्याल ठाकुर 
४१९.
फरिया स्तुति
पेटकाे  सवाल
कसरी खानु ?
४२०.
पुच्छर हावी
काेमामा  टाउकाे
भाे मनपरी 
४२१.
भाँडमै जाला
हाई मेराे फरिया
धुपाैरे भिड 
४२२.
त्याे तर मारा
सिण्डिकेट जाे टुट्ला
डर उस्लाई 
४२३.
मरेकाे ठानी
जुंगा पाे तान्दैछन
सुतेकाे बाघ 
४२४.
तान्ने अभ्यास
ती सुकाेमल हात
सम्भव हाेला ?
४२५.
फरिया हाबी
छायाँमा सुरूवाल
मुजा खुस्कियाे 
४२६.
लाेभले लाप
लापले भाे बिलाप
हाेस गुमायाै 
४२७.
ती दुई जिब्रे
माछा  दुलाँ हात
सर्प , हैट !
४२८.
नारी हिम्मत
अकल्पनिय कार्य
याे अात्मबल 
४२९.
मुसाकाे काम
लाजै पचाई झ्वाम
हात्तीको दाना 
४३०.
त्याे डुङ्ग्रे मुसाे
भित्र भित्रै खन्दैछ
घरकाे जग 
४३१.
बाँधेर घाँस
हाल्नु पर्ने स्वभाव
शकुनि चाल 
४३२.
कालाे बादल
हुन्छ चाँदीकाे घेरा
जानेमा हेर्न 
४३३.
जीवन यात्रा
अाज हाे कि भाेली
टुंगो हुदैन !
४३४.
बापति तिमी
देश टुक्राई खाउत !
सिके राउत 
४३५
ती भातै खाने
बुद्धि  घाँस खाने
निच ब्यहाेरा 
४३६
जमरा खेति
संकृति कि विकृति ?
अाजकाे युवा !
४३७.
जानुछ छाेडी
व्यर्थकाे हाेडबाजी
मिथ्या संसार 
४३८.
पालाे पर्खदै
गन्तव्यका खातिर
सृष्टि नियम 
४३९.
के के  गर्छु
कसैलाई गनेन
भ्रममा बाँच्याे 
४४०.
प्राण पखेरू
विलिन हुन्छ माथि
सम्झना बाँकी 
४४१.
बाँच्ने रहर
स्वर्ण परिकल्पना
जीवन लीला 
४४२.
निति फेरियाे
नियत बद्लिएन
फेरि के काम ?
४४३.
दशैंमा शान्त
अरू बेला अाक्रान्त
याे काठमाडाैं 
४४४.
देखिंदा सभ्य
व्यवहार असभ्य
प्रस्तुति भव्य 
४४५.
भूल सुधार
नठहरिनेकाे ""
झिकिएकाे  
४४६.
नठहरिने ""
अाफ्नै विवेकबाट
झिक्छ जनता !
४४७.
जनता भेला
नठहरिनेकाे ""
झिकिएकाे  
४४८.
के चिन्थ्याे मान्छे
भुक्न  थालिहाल्याे
पंखे कुकुर 
४४९.
बाल दिमाग
छिराए मन्द विष
राज्य निदायाे 
४५०.
खडेरी मन
उजाड ती जमिन
रचना मर्याे 
४५१.
हाम्राे याे सान
अपराधीकाे मान
मर्याे  न्याय 
४५२.
लाउडा लड्याे
सुडान त्यसै सुत्याे
वाईड बडी ??
४५३.
बाघ चिनेन
सम्झ्याे ठूलाे विरालाे
मर्याे कुकुर 
४५४.
चढेछ भैंसी
बन्ला कि राष्ट्रपति
लक्षण त्यस्तै 
४५५.
गल्ति सच्याउँ
याे  पाे हाे महानता
के गर्नु दम्भ ?
४५६.
फेर्छ काँचुली
त्याे स्वभाव फेर्दैन
सर्प  पर्याे !
४५७.
कुर्सीकाे माेह
हुने थिएन अाज
यस्ताे भैदिए 
४५८.
ब्यवस्था गर
त्याे कुटपिट मन्त्रि
सचिव कुट्न
४५९.
चुप लाग्नुहाेस्
झगडाकाे अाेखति
अचुक हुन्छ 
४६०.
मृग नयनी
मदहाेस हेराई
सम्हाल्न गाराे 
४६१.
माघे संक्रांति
के घ्युचाकु, तरूल
ज्वराेले खायाे 
४६२.
तरूल मेला
घिउचाकु खाएर
जाडाे भगाउ 
४६३.
माघे संक्रांति
पाैष तरूल पाके
माघमा जाके 
४६४.
विश्वास हुन्न
कान/मुख नजाेडी
उडेका कुरा 
४६५.
त्याे शत्रुसंग
मजाले  लड्छु
गाराे भाे राेग 
४६६.
मेलम्ची पानी
काकाकूल जनता
कमिसन खै ?
४६७.
काे पर्याे राम ?
काे चैं पर्याे नि हराम ?
खाेलाैं  कुरा 
४६८.
भेनेजुयला
लाै कुदृष्टि परेछ
तेलकाे खानी 
४६९.
सहिद जात्रा
याेगादान बिर्सियाै
सराप लाग्ला।
४७०.
काे हाे सहिद
सक्छाै अाहुति दिन ?
बनेर हेर !
४७१.
सहिद राेयाे
न्यायकाे भिख माग्छ
कसले सुन्ने ?
४७२.
राखेन बाँकी
सहिद बिभाजन
प्रदेश अंश 
४७३.
चरक्क छाति
नेताकाे ब्यवहार
चसक्क मन
४७४.
देख्दिन मर्द
सवै महिला भेला
वाह पुरूष !

४७५.
निजीमा काम
सरकारी चैं झ्वाम
डाक्टर नाम
४७६.
साँढेकाे भिड
बाछाकाे भाे मिचाई
छाडा डाक्टर
४७७.
 श्रद्धाञ्जली
फर्केर नअाउनु
भूकम्प तिमी 
४७८.
अाकाशे खेति
शिक्षक अान्दाेलन
भाे बाल हठ 
४७९.
तु बन्द गर
नागरिकता बिक्री
नपाेत माेसाे 
४८०.
भाे मूल्यहिन
मजदुरकाे मूल्य
काे सक्छ तिर्न ?
४८१.
जिर्ण महल
किन भाे वेवारीसे
खै संरक्षण ?
४८२.
बढ्दाे  गर्मी
वातानुकुलीत् लुगा
मनै शितल 
४८३.
विपत पर्छ
टाउकाकाे अाेखति
नाभीमा गरे 
४८४.
 नरम छु
किन गिजाेल्छाै धेर ?
हुँ स्पात पनि !
४८५.
नयाँ बजेट
त्याे गिदी अनुसार
साेचाई जस्तै 
४८६.
 नरम छु
मनपरी गिजाेल्छाै ?
हुँ स्पात पनि।
४८७.
खाेलें पसल
कस्काे बाउकाे अाँट
अन्धा कानुन 
४८८.
सचेत बनाैं
भाे उखरमाउलाे
गर्मीकाे राज 
४८९.
गुठी विधेयक
अाएकै बाटाे फर्क्याे
भूमाफिया ट्वाँ 
४९०.
के देख्नु पर्याे ?
गाईजात्रा नअाई
संसद जात्रा !
४९१.
नखाकाे विष
लाग्नसक्छ कलिमा
काेच्याएपछि
४९२.
मेयर झाेला
भाे लुटकाे धनमा
फुपुकाे श्राद्ध
४९३.
सबैका बाउ
फेसबुकमा देखें
फाेस्राे सम्मान 
४९४.
कुसे त्याे अाैंसी
सम्मान एकदिन
लाेकाज कृति 
४९५.
सकियाे दशैं
भरिंदै काठमाडाैं
पूनर्जीवन 
४९६.
बसन्त ऋतु
प्रकृति विशेषता
उराठ मन
४९७.
मनमा अँधी
फूलैफूल माैसम
काेराेना राज
४९८.
नारी असक्ति
शृङ्गार अतिरिक्त
अरू के हाेला ?

Comments

Post a Comment

Popular posts from this blog

लघुकथा: 'संस्कार'

लघुकथा: 'महत्त्वाकाङ्क्षा'