कविता : नाकाबन्दी
-ध्रुवराज थापा
(वि.सं २०७२ मा भारतकाे नाकाबन्दी)
हे लाेकतान्त्रिक
गणतन्त्र नेपालकाे सरकार ?
हे नेपाल सरकार !
तिमी कुन दुलामा पसेका छाै ?
कि निराे झै बाँसुरी बझाउन
ब्यस्त छाै ?
तिम्राे घरमा अागाे लागीसक्याे ।
तिमी कहिले जाेरबिजाेर त कहिले काेटा सिस्टमकाे गीत गाईरहेछाै ।
धिक्कार छ तिमिलाई , तिम्रा पुर्खाले कहिल्यै शत्रुका अघि पिठ फर्कायनन् ।
तिमी त दुश्मनकाे जुठाे पुराे खाएर उसैकाे पाे गीत गाउन थाल्याै ।
दुश्मनकाे च्यानल र चलचित्र
स्वत स्फूर्त बन्द गरेर
गाेर्खली स्वाभिमान बचाउन खाेज्दा
पिच्च खाने थालमा थुक्छाै
मिनेन्द्र रिजाल ।
नाकाबन्दी गर्नेलाई सघाउँछाै ।
छि घिनलाग्याे, तिमी नेपाली रे?
रन्जित रे काे भाषा बाेल्छाै दिपकुमार जी
किन कि
तिमिलाई राजदुतकाे जागिर बचाउनुछ, देश त भाँडमा जावाेस् कि कसाे ?
तिम्राे रिसले तिम्राे
भाइ अाफ्नै घरमा अागाे लगाउँदैछ ।
छिमेकि दादा बाेलाएर
अाफ्नै बाबुलाई कुटाउँदैछ ।
महासभालाई सम्बाेधन गर्ने अपुतालि परेका
उप प्रधानमन्त्रि,
तिमिले जात फालेर अायाै।
अामाकाे चीरहरण
चुपचाप हेर्याै
तर मुख खाेल्न सकेनाै ।
परिवारका सदस्यलाई
घरभित्रै थुनेर
अागाे लगाउने लाई पनि तिमिले
चुपचाप हेरिरहयाै ।
अाफैं बसेकाे हाँगा काट्ने कालिदासहरूसंग मित्रता सजायाै ।
जनता त्राण खाजिरहेछ,
तिमी कता भागीरहेछाै ।
(संदर्भ नेपाल माथि भारतीय नाकाबन्दी)
(वि.सं २०७२ मा भारतकाे नाकाबन्दी)
हे लाेकतान्त्रिक
गणतन्त्र नेपालकाे सरकार ?
हे नेपाल सरकार !
तिमी कुन दुलामा पसेका छाै ?
कि निराे झै बाँसुरी बझाउन
ब्यस्त छाै ?
तिम्राे घरमा अागाे लागीसक्याे ।
तिमी कहिले जाेरबिजाेर त कहिले काेटा सिस्टमकाे गीत गाईरहेछाै ।
धिक्कार छ तिमिलाई , तिम्रा पुर्खाले कहिल्यै शत्रुका अघि पिठ फर्कायनन् ।
तिमी त दुश्मनकाे जुठाे पुराे खाएर उसैकाे पाे गीत गाउन थाल्याै ।
दुश्मनकाे च्यानल र चलचित्र
स्वत स्फूर्त बन्द गरेर
गाेर्खली स्वाभिमान बचाउन खाेज्दा
पिच्च खाने थालमा थुक्छाै
मिनेन्द्र रिजाल ।
नाकाबन्दी गर्नेलाई सघाउँछाै ।
छि घिनलाग्याे, तिमी नेपाली रे?
रन्जित रे काे भाषा बाेल्छाै दिपकुमार जी
किन कि
तिमिलाई राजदुतकाे जागिर बचाउनुछ, देश त भाँडमा जावाेस् कि कसाे ?
तिम्राे रिसले तिम्राे
भाइ अाफ्नै घरमा अागाे लगाउँदैछ ।
छिमेकि दादा बाेलाएर
अाफ्नै बाबुलाई कुटाउँदैछ ।
महासभालाई सम्बाेधन गर्ने अपुतालि परेका
उप प्रधानमन्त्रि,
तिमिले जात फालेर अायाै।
अामाकाे चीरहरण
चुपचाप हेर्याै
तर मुख खाेल्न सकेनाै ।
परिवारका सदस्यलाई
घरभित्रै थुनेर
अागाे लगाउने लाई पनि तिमिले
चुपचाप हेरिरहयाै ।
अाफैं बसेकाे हाँगा काट्ने कालिदासहरूसंग मित्रता सजायाै ।
जनता त्राण खाजिरहेछ,
तिमी कता भागीरहेछाै ।
(संदर्भ नेपाल माथि भारतीय नाकाबन्दी)

Comments
Post a Comment