लघुकथा: 'नाटक'



 लघुकथा: 'नाटक

✍️ ध्रुवराज थापा 'पुरूष'

(काभ्रेपनौती  हालकपनकाठमाडौँ )

(अन्तर्राष्ट्रिय मजदुर दिवसका अवसरमा प्रेषित लघुकथा)

सुट टाई लगाएका सुकिला मान्छेहरू हलभित्र पसे !

तारे होटलको सभाहल क्षणभर मै भरियो 

हक अधिकारका कुरा भए। उनीहरूलाई माथि ल्याउने कुरा भयो ।अधिकार बाँडने कुरा भए  पहुँच बढाउने बिचारबाँडीयो ।कार्यपत्र प्रस्तुत भयो  टिप्पणीकारले टिप्पणी गरे ।दर्शकले ताली पड्काए  कसैले मोटा कसैले दुब्ला खामबुझे  सबै प्रफुल्ल देखिए ।कार्यक्रम सकियो  खानपान सुरू भयो  फिला  कवाफ मज्जाले चपाए  विदेशीब्रान्डीको खोलो बग्यो  

डोरीमा झुण्डीएर होटलको रङ्गरोगन गर्दै गरेका एक मजदुरले झ्यालबाट उक्त दृष्य देखे  भोक तिर्खाले प्याकप्याकपरेका उनले घुटुक्क थुक निल्दै हावामा उड्दै गरेका आफ्ना साथिलाई देखाए, " हेर यहाँ  हाम्रै दिवस पो मनाएकोरहेछ !"

मिति : May 1, 2024 

Comments

Popular posts from this blog

लघुकथा: 'संस्कार'

लघुकथा: 'महत्त्वाकाङ्क्षा'