लघुकथा: 'गम्भीर बा'

 


लघुकथा: 'गम्भीर बा

✍️ ध्रुवराज थापा 'पुरूष'

(काभ्रेपनौती  हालकपनकाठमाडौँ )


"मन भाँचियो त्यसैले मैले आशक्ति त्यागेँअहिले  सुखी छु 

बृद्ध बा आफ्ना अनुभूति राख्दै थिए 

जतिखेर गम्भीर बाको जागिर थियोशरीरमा शक्ति थियो त्यतिखेर उनको मान सम्मान थियो  समाजमा उनको बोलीबिक्थ्यो  जागिर सकियो उमेर ढल्कियो सबै चिज पाखा लागे 

"बा तपाईँ मन भाँचिएको कुरा गर्दै हुनुहुन्थ्योतपाईँको मन चाँही भाँचियो कसरी ?"  भर्खरै 'आदर्श बा-आमापुरस्कार'बाट सम्मानित बासँग प्रत्रकारले प्रश्न गरे 

गम्भिर हुदै बाले भने, "फलामको घनले सुनलाई चुट्दा त्यति आवाज आउँदै जति फलामले फलामलाईनै पिट्दा आउँछयति भनेपछि  कुरो बुझ्नुभयो होला नि ?"

"भनेपछि परिवारबाटै चित्त दुख्यो होईन बा ?" पत्रकार हौसिए 

"उमेर घर्क्योआम्दानीको मुल सुक्योपरिवारमा शान्ति गुम्यो  एकदिन छोरा बुहारीले हामी जोईपोई उनीहरूलाईघाँडो भएको  वृद्धाश्रम तिर ब्यवस्थापन गर्ने वारेमा छलफल गर्दै गरेको कुरो आफ्नै कानले सुनेपछि मन कुँडीयो नि बाबु त्यसपछि उनीहरूलाई अंश दिएर छुट्याई दिएँ !" बाले पीडा पोखे  

उनले थप्दै गए "त्यसपछि बुढेसकालको सहारा सन्तान हुने रैनछन् भनेर मन बाँधेपरिवार धनसम्पत्तिप्रतिको आशक्तित्यागेँ।अहिले छोराबुहारी पनि विदेशतिर छन्बुढी पनि भगवान कि प्यारी भईन्देख्दा  एक्लो छु तर मेरो साथमासिङ्गो समाज  !" 

"त्यही  एक्लो भएर पनि दिनरात समाज सेवामा खटिनु भएको   आफुले पाउने वृद्धभत्ता पनि अति असक्तवृद्धवृद्धालाई सहयोग गर्नुभएको   कहिले सम्म यसरी खट्नुहुन्छ  बुबा ?" अर्का पत्रकारले प्रश्न तेर्स्याए 

"जहिले सम्म यो एक मुठ्ठी सास रहन्छ त्यसबेला सम्म यो समाजलाई बाटो देखाई रहन्छु   मरिहालेँ भने पनि कुनैचिन्ता छैनमेरो लास मेडिकल कलेजलाई दान गरिसकेको छु !" गम्भिरमान बाले उत्तर दिए 

पत्रकारले जिज्ञासा राखे, "आठ दशक उमेर नाघि सक्दा पनि तपाईँको जोश जाँगर अहिले पनि युवाको जस्तै बुढाबुढीले केही गर्न सक्दैनन् भन्छन् नि ! यसको रहस्य बताईदिनुहुन्छ कि ?"

गम्भीर बाले पत्रकारको बोली भूईँमा खस्न नपाउँदै जवाफ फर्काईहाले, "रोग  मलाई पनि अनेक छन् तर मैले त्यसलाईपचाएर हिँडेको छु  अर्को कुरा मानिस बुढो उमेरले हुदैन सोचले हुन्छ। मैले हाम्रै गाउँमा २०/२५ वर्ष उमेरका धेरैबृद्धहरूलाई देखेको छु 


Comments

Popular posts from this blog

लघुकथा: 'संस्कार'

लघुकथा: 'महत्त्वाकाङ्क्षा'