लघुकथा: 'गम्भीर बा'
लघुकथा: 'गम्भीर बा'
✍️ ध्रुवराज थापा 'पुरूष'
(काभ्रे, पनौती । हाल: कपन, काठमाडौँ ।)
"मन भाँचियो त्यसैले मैले आशक्ति त्यागेँ, अहिले म सुखी छु ।"
बृद्ध बा आफ्ना अनुभूति राख्दै थिए ।
जतिखेर गम्भीर बाको जागिर थियो, शरीरमा शक्ति थियो त्यतिखेर उनको मान सम्मान थियो । समाजमा उनको बोलीबिक्थ्यो । जागिर सकियो उमेर ढल्कियो सबै चिज पाखा लागे ।
"बा तपाईँ मन भाँचिएको कुरा गर्दै हुनुहुन्थ्यो, तपाईँको मन चाँही भाँचियो कसरी ?" भर्खरै 'आदर्श बा-आमापुरस्कार'बाट सम्मानित बासँग प्रत्रकारले प्रश्न गरे ।
गम्भिर हुदै बाले भने, "फलामको घनले सुनलाई चुट्दा त्यति आवाज आउँदै जति फलामले फलामलाईनै पिट्दा आउँछ, यति भनेपछि त कुरो बुझ्नुभयो होला नि ?"
"भनेपछि परिवारबाटै चित्त दुख्यो होईन बा ?" पत्रकार हौसिए ।
"उमेर घर्क्यो, आम्दानीको मुल सुक्यो, परिवारमा शान्ति गुम्यो । एकदिन छोरा बुहारीले हामी जोईपोई उनीहरूलाईघाँडो भएको र वृद्धाश्रम तिर ब्यवस्थापन गर्ने वारेमा छलफल गर्दै गरेको कुरो आफ्नै कानले सुनेपछि मन कुँडीयो नि बाबु। त्यसपछि उनीहरूलाई अंश दिएर छुट्याई दिएँ !" बाले पीडा पोखे ।
उनले थप्दै गए "त्यसपछि बुढेसकालको सहारा सन्तान हुने रैनछन् भनेर मन बाँधे, परिवार धनसम्पत्तिप्रतिको आशक्तित्यागेँ।अहिले छोराबुहारी पनि विदेशतिर छन्, बुढी पनि भगवान कि प्यारी भईन्, देख्दा म एक्लो छु तर मेरो साथमासिङ्गो समाज छ !"
"त्यही त एक्लो भएर पनि दिनरात समाज सेवामा खटिनु भएको छ । आफुले पाउने वृद्धभत्ता पनि अति असक्तवृद्धवृद्धालाई सहयोग गर्नुभएको छ । कहिले सम्म यसरी खट्नुहुन्छ त बुबा ?" अर्का पत्रकारले प्रश्न तेर्स्याए ।
"जहिले सम्म यो एक मुठ्ठी सास रहन्छ त्यसबेला सम्म यो समाजलाई बाटो देखाई रहन्छु । म मरिहालेँ भने पनि कुनैचिन्ता छैन, मेरो लास मेडिकल कलेजलाई दान गरिसकेको छु !" गम्भिरमान बाले उत्तर दिए ।
पत्रकारले जिज्ञासा राखे, "आठ दशक उमेर नाघि सक्दा पनि तपाईँको जोश जाँगर अहिले पनि युवाको जस्तै छ, बुढाबुढीले केही गर्न सक्दैनन् भन्छन् नि ! यसको रहस्य बताईदिनुहुन्छ कि ?"
गम्भीर बाले पत्रकारको बोली भूईँमा खस्न नपाउँदै जवाफ फर्काईहाले, "रोग त मलाई पनि अनेक छन् तर मैले त्यसलाईपचाएर हिँडेको छु । अर्को कुरा मानिस बुढो उमेरले हुदैन, सोचले हुन्छ। मैले हाम्रै गाउँमा २०/२५ वर्ष उमेरका धेरैबृद्धहरूलाई देखेको छु ।"

Comments
Post a Comment