लघुकथा: 'धर्म' 

✍️ ध्रुवराज थापा 'पुरूष'

(काभ्रे, पनौती । हाल: कपन, काठमाडौँ ।)

रगतको खोलो बगेको थियो ! लास यत्रतत्र लडेका थिए !

कोही टाउको छुट्टीएका शरीरका गिँड सकिनसकी घिच्याउँदै थिए । कोही हातमा छिनालिएको टाउको लिएर यताउति गर्दै थिए । 

पैतालले टेकेको ठाउँमा रगतका डाम बसेका थिए ! मानिसको भिड पन्छाई नसक्नुको थियो । धेरै मानिसहरू लाईनबद्ध थिए भने कोई यताउती चोरबाटो खोज्दै थिए ।

"आज शनिवारको दिन भएर होला कस्तो भिड रहेछ ! हाम्रो पालो कहिले आउने होला, कि बाहिर बाहिर घुरेर फर्कौं कि कसो ?" विनोदले अत्यासीँदै आफ्नो श्रीमतीसँग भने।

श्रीमतीले जवाफ दिइन, "अब आईसकेपछि हतारिएर हुन्छ त, लाईन विस्तारै सर्दैछ पालो त कुर्नै पर्यो नि ! मन्दिर आउँदैमा त्यतिकै हुछ धर्म ?"

यति नै बेला मन्दिरमा बोका सेरिएको दृष्य देखियो, चित्कार सुनियो। 

सायद यस्तो काटमारको भयावह दृष्य  पहिलो पटक देखेको भएर होला एकजना बिदेशी पर्यटकले बिनोदलाई नेपाली लवजमै जिज्ञासा राखे, "ओ माई गाड ! खे गरेको एस्ठो ? खिन ठेसरी गोटलाई काटेको होला ?

"मन्दिरमा यसरी वली दिएपछि राम्रो हुन्छ, धर्म गरेको धर्म !" बिनोदले उसलाई बुझाउन खोज्यो।

पर्यटक अचम्भित भयो, "ओ माई गाड ! नेपालीले ढर्म गर्डा त यस्ठो, पाप गार्यो भने कास्ठो होला ?"

मिति :२०८१ ।०१।१० कोही टाउको छुट्टीएका शरीरका गिँड सकिनसकी घिच्याउँदै थिए । कोही हातमा छिनालिएको टाउको लिएर यताउति गर्दै थिए । 

पैतालले टेकेको ठाउँमा रगतका डाम बसेका थिए ! मानिसको भिड पन्छाई नसक्नुको थियो । धेरै मानिसहरू लाईनबद्ध थिए भने कोई यताउती चोरबाटो खोज्दै थिए ।

"आज शनिवारको दिन भएर होला कस्तो भिड रहेछ ! हाम्रो पालो कहिले आउने होला, कि बाहिर बाहिर घुरेर फर्कौं कि कसो ?" विनोदले अत्यासीँदै आफ्नो श्रीमतीसँग भने।

श्रीमतीले जवाफ दिइन, "अब आईसकेपछि हतारिएर हुन्छ त, लाईन विस्तारै सर्दैछ पालो त कुर्नै पर्यो नि ! मन्दिर आउँदैमा त्यतिकै हुछ धर्म ?"

यति नै बेला मन्दिरमा बोका सेरिएको दृष्य देखियो, चित्कार सुनियो। 

सायद यस्तो काटमारको भयावह दृष्य  पहिलो पटक देखेको भएर होला एकजना बिदेशी पर्यटकले बिनोदलाई नेपाली लवजमै जिज्ञासा राखे, "ओ माई गाड ! खे गरेको एस्ठो ? खिन ठेसरी गोटलाई काटेको होला ?

"मन्दिरमा यसरी वली दिएपछि राम्रो हुन्छ, धर्म गरेको धर्म !" बिनोदले उसलाई बुझाउन खोज्यो।

पर्यटक अचम्भित भयो, "ओ माई गाड ! नेपालीले ढर्म गर्डा त यस्ठो, पाप गार्यो भने कास्ठो होला ?"

मिति :२०८१ ।०१।१०

Comments

Popular posts from this blog

लघुकथा: 'संस्कार'

लघुकथा: 'महत्त्वाकाङ्क्षा'