लघुकथा : प्रेमालाप

 लघुकथा: 'प्रेमालाप

✍️ ध्रुवराज थापा 'पुरूष'

(काभ्रेपनौती  हालकपनकाठमाडौँ )

मोबाईमा घण्टी बज्यो रत्नेले बोल्यो, "हलो जेपी !"

उताबाट जवाफ आयो, "रत्ने तँ कहाँ छस् ? आज दिउँसो दुईबजे मनशान्ति पार्कमा आईज हैरश्मिले पनि आउँछुभनेकी  !"

रत्नेले भन्यो, "आउँदिन तँलाई पो तेरो गर्लफ्रेण्ड साथी हुन्छ जोक्कर बन्न किन आउँ ? आउन्न   !"

जेपीले पुन जोडबल गर्यो, "आईजोन यार साथीको लागी त्यति गर्न सक्दैनस् ? बल्ल उसले आज मलाई समय दिएकी आज केही होला जस्तो  !"

रत्नेले ईन्कार्न सकेन  

पार्कमा रश्मि  जेपीको भेट भयो  खाली रहेको एउटा बेन्चमा गएर बसे  उनीहरू प्रेमिल कुराकानी गर्दै थिए । केहीबेरमा रत्ने पनि टुप्लुक्क आईपुग्यो  रत्नेलाई बस्न दुबैले आग्रह गरे  उनीहरू एक आपसमा चिनजानका साथि पनि थिए 

रत्ने जेपीको छेउमा बस्यो  जेपीले रत्नेलाई सर्प्राईज दिने हिसाबले ज्याकेटको चेन खोल्यो  एउटा रातो गुलाफ निकालेर रश्मितिर तेर्स्याउँदै भन्यो, "रश्मि आज प्रेम दिवसको दिन  तिमीलाई यो फूल दिन चाहन्छुआई लभ यु !" 

त्यतिनै बेला रश्मिले एक हातले  जेपीले दिएको फूल समाति  अर्को हातले पछाडीबाट त्नेको हातलाई जोडले च्याप्पसमाति  जेपी तिर हेरेर भनि, "सेम टु यु !"


Comments

Popular posts from this blog

लघुकथा: 'संस्कार'

लघुकथा: 'महत्त्वाकाङ्क्षा'