लघुकथा: पत्रुखाना

 लघुकथा: 'पत्रुखाना'

✍️ ध्रुवराज थापा 'पुरूष'

(काभ्रेपनौती  हालकपनकाठमाडौँ )


"मुखमा के हालेको त्यस्तो ? तिमीलाई थाहा छैन यहाँ यस्तो गर्न पाईँदैन भनेर !  फेरि अर्कीले मुखमा ख्वाप्पै हाली ! कसरी चुस्न सकेकी होली ! ललिपप ! ओईनानी तिमीहरू यता आउत !" विद्यालयकी एकजना कक्षा शिक्षकलेविद्यार्थीलाई विद्यालय हाताभित्र थर्काउदै थिईन्।

"तिमीहरूलाई कतिमात्र भन्नु चाउचाउचकलेटललिपपबिस्कुटचट्पटेपानीपुरीचुईँगम जस्ता खानेकुरा'पत्रुखानाहुन्विद्यालय हाता भित्र यस्ता खानेकुरा खान हुदैन भनेको होईन तिमीहरूलाई ?"

उनले थपिन्, "अबदेखि 'पत्रुखानाखाएको देखेँभनें  १०० रूपैयाँ जरिवाना लागाउँछु है "

विद्यार्थीहरू डराएर चुस्दै गरेको ललिपप फालेर कक्षातिर दौडिए 

केहीबेरपछि खाजाको घण्टी लाग्यो ।विद्यार्थीहरू खाजा खान कक्षा कोठाबाट बाहिर निस्किए ।उनीहरूले एउटा खालीकोठामा उनै अघि निर्देशन दिने कक्षा शिक्षक  उनका अन्य सहकर्मी शिक्षक साथीहरू 'पत्रुखानाचट्पटे बनाएर खाँदैगरेको देखे  ति कक्षा शिक्षक जिब्रो पड्काउदै भन्दै थिईन, "मलाई  यो चट्पटेको नाम सुन्ने बित्तिकै मुखबाट पानीआउँछ "

मिति:२०८० आश्विन २०

Comments

Popular posts from this blog

लघुकथा: 'संस्कार'

लघुकथा: 'महत्त्वाकाङ्क्षा'