लघुकथा: 'सुगर फ्रि'
लघुकथा: 'सुगर फ्रि'
✍️ ध्रुवराज थापा
(काभ्रे, पनौती । हाल: कपन, काठमाडौँ ।)
"हाम्रो सरकारले देश र जनताको पक्षमा, गरिब दु:खीको पक्षमा महत्वपूर्ण काम गर्दै आएको छ।" नेता भाषणदिँदै कुर्लदै थिए । उनले थप्दै गए, "कृषि, उद्योग, शिक्षा र रोजगारीमा अहिले हाम्रो ध्यान केन्द्रित छ । तपाईँहरूका कुनै गुनासा छन् भने तपाईँहरूले यहाँ प्रष्ट राख्न सक्नुहुनेछ ।"
नेतालाई बिचमै रोक्दै एक सहभागीले प्रश्न तेर्स्याए, "नेताज्यू तपाईँका कुरा हामीले कसरी पत्याउने ? के तपाईँहरूले कृषकलाई चाहिएको समयमा रासायनिक मल उपलब्ध गराउन सक्नुभयो ? चाडबाड को समयमा बजारमा चिनीको हाहाकार छ । कालाबजारीसँग महँगोमा किन्नु परेकोछ । के अब जनताले चिनी पनि खान नपाउने हो ? हामीलाई यसको उत्तर चाहियो नेता जी ?"
नेताले मौकामा सोझा जनताको दिमाग भुटीहाले, "अहिले विश्वव्यापी रूपमा डायबिटिजको समस्या बढीरहेको छ, त्यसैले अब हामी नेपाललाई 'सुगर फ्रि' राष्ट्र बनाउन चाहन्छौँ ।"
२०८० कार्तिक ३
Comments
Post a Comment