लघुकथा: 'पुरूषत्व'


 लघुकथा: 'पुरूषत्व'

✍️ ध्रुवराज थापा 'पुरूष'

(काभ्रे, पनौती । हाल: कपन, काठमाडौँ ।)

शर्मिलाले आफ्नो श्रीमान प्रकाशलाई आदेश दिइन् "ओइ प्रकाश ल मलाई आज छिटो खाना चाहिन्छ है, ढिला नगरेस् नि फेरि, आज अफिस छिट्टै जानु छ ! अँ साच्ची पहिला एउटा मिठो कफी बनाएर ल्या त ! कस्तो कफी खाउँ खाउँ लाग्यो !"

श्रीमतीको कुरा सुनेर प्रकाश रन्थनीयो । उसलाई दिउँसै रात परे झैँ लाग्यो । रिसले आँखै देखेन ।आफूलाई मान सम्मान राखेर आदरभावले बोल्ने श्रीमतीलाई आज एकाएक के भयो ? भन्ने लाग्यो । श्रीमतीको व्यवहारले उ अक्क न बक्क भयो । होस सम्हाल्यो । अर्को कोठामा गएर आँखा चिम्लेर चुपचाप बस्यो ।

" होईन के भयो हजुरलाई ? आज हजुरलाई मसङ्ग धेरै रिस उठ्यो होला हैन ? ल यो कफी खानुस् मन शान्त हुन्छ !" भन्दै श्रीमतीले टाउको मुसार्दा ऊ झसङ्ग भयो । 

"अघि तैँले मसँग किन त्यसरी तँ तँ र म म गरेर बोलिस ? तँलाई के भयो ?" श्रीमान जङ्गीए ।


श्रीमतीले नम्र भएर  जवाफ दिईन्, "वर्षौंदेखि मलाई हजुरले त्यस्तै शब्द प्रयोग गर्नुहुन्छ, खोई म रिसाएकी छैन । आखिर हामी पनि त मान्छे नै हो । हजुरलाई त्यस्तो शब्द बोल्दा  कस्तो लाग्दो रहेछ भनेर जाँच गरेकी नि ! आखिर त्यस्तो मन दु:खाउने शब्द राम्रो होइन रहेछ नि हैन त श्रीमानज्यू !"

मिति: २०८० असोज २५

Comments

Popular posts from this blog

लघुकथा: 'संस्कार'

लघुकथा: 'महत्त्वाकाङ्क्षा'