लघुकथा: 'चटक'
लघुकथा: 'चटक'
(काभ्रे, पनौती । हाल: कपन, काठमाडौँ ।)
हेर्दा भद्रभलादमी देखिने एकहुल मान्छे एउटा रिसोर्टमा जम्मा भए ।एउटा भन्दै थियो "काटौं काटौं !" अर्को भन्दै थियो " कहाँ हुँदैन हुँदैन, एकै छिन पख ।"
प्रतिक्षाको घडी सकियो ।एउटा मान्छे टुप्लुक्क आईपुग्यो । अर्कोले धारिलो चक्कु निकाल्यो र छातिमा धसी हाल्यो ।बिचरा मान्छेको तस्वीर छापीएको कोमल केक लल्याकलुलुक भैहाल्यो ।
Comments
Post a Comment