लघुकथा: 'भुसप्रसाद'

https://sahityapost.com/aakhyan/short-story-aakhyan/140363/ 

लघुकथा: 'भुसप्रसाद' 

✍️ ध्रुवराज थापा 'पुरूष'

(काभ्रे, पनौती । हाल: कपन, काठमाडौँ ।)


"स्रष्टा महोदय तपाईँहरूले कुनै सम्बोधन नगरी सिधै आफ्नो रचना वाचन गर्नुहोला ! हामी यसो भन्न विवश छौँ ! यहाँ आफ्नो रचना सुनाउन झण्डै एकसय स्रष्टाको नाम आईसकेको छ !" उद्घोषक पटक पटक घोक्रो सुक्ने गरी चिच्याउँदै थिए ।

साहित्यिक सम्मेलनमा सहभागीहरू आफ्नो रचना सुनाउन पाईने हो कि नपाईँने हो भन्ने चिन्तामा थिए ।

विडम्बना, स्रष्टा आफ्नो पालो आएपछि मन्चमा पुग्ने वित्तिकै यो कुरा भुलीहाल्थे र पट्यारलाग्दो लामो सम्बोधन पछि रचना वाचन गर्थे ।

फेरी उद्घोषक चिच्याउँथे, "आदरणीय साहित्यकार महोदय सम्बोधन बिना नै आफ्नो रचना सुनाउनु होला ! अन्यथा हामीले समय अभावका कारण अन्य स्रष्टाको नाम कटाउनु पर्ने हुन्छ, कृपया हाम्रो बाध्यतालाई बुझिदिनुहोला !"

मेरो छेवैमा बसेका स्रष्टाको पालो आयो । उनी मन्चमा पुगेर सम्बोधनमा नै झण्डै पाँच/सात मिनेट समय खर्चिए पछि आफ्नो रचना वाचन गर्न थाले ।

अघि उनी मसंग भन्दै थिए, उद्घोषकको अनुरोध नटेर्ने कस्ता वाहियात स्रष्टा होलान् !

Comments

Popular posts from this blog

लघुकथा: 'संस्कार'

लघुकथा: 'महत्त्वाकाङ्क्षा'